दसैंको टिकट बुकिङ २४ भदौदेखि खुला, कहाँ जानुपर्छ टिकट किन्न ?



 

 

 

सरकारले यस वर्षको दसैंका लागि अग्रिम टिकट बुकिङ यही २४ गतेबाट खोल्ने भएको छ । दसैं मनाउन राजधानीबाहिर जाने सर्वसाधारणको सहजताका लागि सरकारले यस्तो व्यवस्था गर्न लागेको हो ।

यातायात क्षेत्रमा व्यवसायीको एकाधिकार हटाउन चैत १८ मा जारी गरेको नयाँ निर्देशिकापछि सरकारले पहिलो पटक अग्रिम बुकिङ टिकट खोल्न लागेको छ । सिन्डिकेट हटेपछि पुराना यातायात समिति हटिसकेका कारण उपत्यका बाहिरिने गाडीको संख्यामा केही कमी हुने अनुमान गरिएको छ ।

तराई क्षेत्रका फराकिला सडकमा प्रालिमा दर्ता भएका सुविधासम्पन्न सवारी सञ्चालन गरिए पनि यातायात प्रालिहरुले पहाडी जिल्लासम्म पुग्ने सवारी सञ्चालन नगरेका कारण गाडीको संख्यामा कमी देखिने भएको हो । उपत्यकाका ३ जिल्लामा अध्ययन, व्यापार र विभिन्न पेशा, व्यवसाय गरी बसेका करिब ५० लाख सर्वसाधारणमध्ये धेरैजसो दसैं मनाउन बाहिरिने हुँदा देशका विभिन्न जिल्लाबाट उपत्यका आउने करिब ३ लाख ५० हजार सार्वजनिक सवारीको संख्याले यात्रुको चाप धान्न नसक्ने आकलन यातायात व्यवस्था विभागको छ ।

“उपत्यकाबाट बाहिरिने अहिलेका ठूला आकारका डिलक्स बसले मुख्य सहरसम्म मात्र सेवा दिइरहेका छन्,” विभागका निर्देशक तथा प्रवक्ता गोकर्णप्रसाद उपाध्ययले बाह्रखरीसँग भने, “सिन्डिकेट हटेपछि पुराना यातायात समिति नवीकरण नभएको र नयाँ यातायात कम्पनीले सहर केन्द्रित यातायात सेवामा बढी जोड दिएका कारण पहाडी जिल्ला जाने गाडीको संख्या अपुग रहने विभागको अनुमान छ ।”

सरकारले यातायात क्षेत्रको सिन्टिकेट सैद्धान्तिक रुपमा हटाए पनि यात्रु दुर्घटना बीमा गाडी धनी, सरकार वा बैंक कसले बेहोर्ने भन्नेमा स्पष्ट कानुनी व्यवस्था नभएका कारण बैंक, वित्तीय संस्था र नयाँ व्यवसायीलाई पनि सवारीसाधनमा लगानी गर्न अन्योल उत्पन्न भएको बताइएको छ ।

“पुराना यातायात समितिले दसैंका बेला सय–दुईसय गाडी भित्¥याउँथे, तर यस पटक दसैं आउनै लाग्दा पनि बैंकले गाडीमा लगानी गर्न मानिरहेका छैनन्,” नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने, “यात्रु दुर्घटना बीमा, यात्रुको सामानको बीमाको जिम्मा कुन पक्षले लिने भन्नेबारे सरकारले टुङ्गो नलगाउँदा यातायातमा लगानी गर्ने सबैपक्षमा निराशा छाएको छ ।”

यातायात व्यवसायीले २४ गतेबाट सरकारले खोल्न लागेको अग्रिम बुकिङ टिकटबारेमा थप छलफल हुनुपर्ने माग राखेका छन् । सिन्डिकेट हटाए पनि यातायात व्यवसायीलाई स्वतन्त्र रुपमा सवारी सञ्चालन गर्न अप्ठ्यारोे पारेको भन्दै उनीहरुले असन्तुष्टि जनाएका छन् ।

“हामी यातायात व्यवसायी पनि सर्वसाधारण यात्रुलाई सेवा पुर्याउनै आएका हौं,” महासचिव सिटौलाले भने, “सरकारले यातायात समिति नवीकरणमा रोक लगायो, तर नयाँ गाडी नथप्दा यो दसैंमा गाडीको अभाव हुने प्रष्ट छ ।”

सिन्डिकेट हट्नुअघि काठमाडौंबाट विभिन्न जिल्लाका लागि छुट्ने छोटो तथा लामो दूरीका सार्वजनिक सवारीको संख्या करिब ३ लाख ५० हजारमध्ये समिति नवीकरण नभएका कारण केही यातायात समितिहरु खारेज भएकाले त्यस्ता समितिले दसैंमा गाडी चलाउने कि नचलाउने भन्नेमा अन्योल देखिएको सिटौलाले बताए ।

साथै सरकारले २०६९ सालकै भाडादर हालसम्म कायम गरेकाले भाडादरमा आवश्यक संशोधन हुनुपर्ने पनि व्यवसायीले माग राखेका छन् । डिजेल, टायर, मोबिल र अन्य पार्टपूर्जाको मूल्यवृद्धिको अनुपातमा भाडादर बढाएर मात्र दसैंका लागि अग्रिम बुकिङ टिकट खुलाउन व्यवसायीले यातायात व्यवस्था विभागलाई दबाब दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्