किन लुकायो प्रहरीले सुन्धारा गोली काण्ड ?



हाम्रो इकोनोमि

 

प्रहरीले एक युवतीका प्रेमी पक्रनका लागि सुन्धारामा गोली चलाएको स्थानीयले दावी गरिरहेका बेला प्रहरीले भने घटनालाई लुकाएको छ ।

एक युवतीलाई धम्क्याएको आरोप लागेका किसन राईलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको तर, राई बचेर फरार रहेको स्थानीय प्रत्यक्षदर्शीले बताए पनि प्रहरीले भने स्थानीयको भनाइमा कुनै सत्यता नभएको दावी गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका सई लोकेन्द्र पन्थको टोलीले किसन राई नामका व्यक्तिमाथि गोली चलाएको हो । तामाङ थरकी युवतीलाई राईले धम्क्याउने गरेको सूचना परिसर प्रमुख एसएसपी वसन्त लामा समक्ष पुगेपछि प्रहरी परिचालन भएको थियो ।

प्रहरी आएपछि भाग्दै गरेका राईमाथि गोली चलाइएको प्रत्यक्षदर्शीले बताएका छन् । ‘उनी भाग्दै गर्दा गोली चलाइयो’, एक प्रत्यक्षदर्शी भन्छन् । राई दरबारमार्गस्थित किंस लाउन्ज बारका सञ्चालक रहेको जनाइएको छ ।

परिसरका प्रवक्ता एसपी रामदत्त जोशीले गोली चलाएको विषय अफवाह भएको दाबी गरेका छन् । राईविरुद्ध पक्राउ पूर्जी जारी नभई प्रहरीले गोली चलाएकाले घटना गुपचुप राखेको प्रहरी स्रोतको दाबी छ । ती युवतीले पनि प्रहरीमा लिखित जाहेरी नदिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...