चिकित्सक र सरकारबिच वार्ता, काम नगर्ने डाक्टरलाई भाँटा हान्ने यस्तो छ सरकारको तयारी



हाम्रो इकोनोमि

 

मुलुकी अपराध (संहिता) का उपचारसँग सम्बन्धित केही प्रावधान संशोधन गर्नुपर्ने मागसहित  आन्दोलनरत चिकित्सकलाई सरकारले वार्तामा बोलाएको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादवले वार्ताका लागि आज बिहान ११ बजे चिकित्सकलाई मन्त्रालयमा बोलाएका हुन्।

चिकित्सक संघले भने वार्तामा बोलाए पनि माग सम्बोधन नभएसम्म आन्दोलनका नरोकिने भन्दै वार्ता र आन्दोलन एकसाथ जारी रहने बताएको छ ।   काम नगर्ने र आन्दोलन गर्ने डाक्टरलाई भाँटा हान्ने सरकारको तयारी गरेको छ ।

नयाँ ऐन बनाउँदा चिकित्सकहरुलाई कुनै जानकारी नगराइएको र  बदनीयपूर्ण तरिकाले कानुन ल्याएको चिकित्सकहरूको आरोप छ ।  भदौँ १ देखि १५ गते सम्म सरकारलाई समय दिँदा पनि कुनै प्रगति नभएको कारण आफूहरु आन्दोलनमा जान बाध्य भएको संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले बताए ।

हिजो ओपीडी सेवा बन्द गरेर सडकमा उत्रिएका चिकित्सकहरुले आज पनि आन्दोलनलाई जारी राखेका छन् । आज दोस्रो दिन देशभरको अस्पतालका प्रशासनिक काम बन्द गराइएको छ ।

आन्दोलनको दोस्रो दिन आज देशभरको प्रशासनको काम बन्द गरेको नेपाल चिकित्सक संघका महासचिव लोचन कार्कीले जानकारी दिए ।

मुख्य रुपमा चिकित्सक संघले नयाँ मुलुकी ऐनको परिच्छेद १९ को इलाज सम्बन्धी कसूर अन्तरगत १ दफाको  २३० को उपदफा (४),दफा २३१,२३२,२३३ को उपदफा (४) को २३५ र २३८ को उपदफा ९४० सच्याउनु पर्ने माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...