एनसेलले ल्यायो ‘रिचार्ज एण्ड विन’ अफर, हरेक हप्ता जनही एक लाख पुरस्कार



हाम्रो इकोनोमि

 

 

निजी दूरसञ्चार प्रदायक कम्पनी एनसेलले ‘रिचार्ज एण्ड विन’ अफर ल्याएको छ ।

नजिकिंदो चाड पर्वहरुलाई लक्षित गर्दै यो अफर ल्याइएको एनसेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । यस अफर अन्तर्गत एनसेलका १० भाग्यशाली ग्राहकले हरेक साता जनही एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । यो अफर आइतबार अर्थात भदौ १७ देखि लागू भई १० हप्तासम्म सञ्चालन हुनेछ । यो योजना साप्ताहिक चक्रमा सञ्चालन हुनेछ, जसको शुरुवात आइतबार हुनेछ र समापन शनिबार हुनेछ ।

योजना अन्तर्गत एक साताभित्र अर्थात हरेक साताको आइतबारदेखि शनिबारसम्म १०० वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहक यो अफरमा समावेश हुनेछन् । ग्राहकले एक साताभित्र १०० बराबरको रिचार्ज गर्दा एसएमएसमार्फत एउटा कोड प्राप्त गर्नेछन् । उदाहरणको लागि ग्राहकले आइतबारदेखि शनिबारको अवधिमा २५० को रिचार्ज गरेका छन् भने सो सप्ताह लगत्तैको सोमबारसम्ममा एसएमएसमार्फत दुई वटा विशेष कोडहरु प्राप्त गर्नेछन् । ५०० रिचार्ज गरेका छन् भने पाँच वटा कोडहरु प्राप्त गर्नेछन् ।

योजना अवधिभर हरेक हप्ताका १० भाग्यशाली ग्राहकहरुको छनौट प्रत्यक्ष प्रशारणमा हुने लक्की ड्रमार्फत गरिने छ । चर्चित व्यक्तित्वहरुको उपस्थितिमा मंगलबार साँझ ७ बजे एपि वान टेलिभिजनमा लक्की ड्र प्रत्यक्ष प्रशारण गरिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...