पाँच हजार चिकित्सकले काउन्सिललाई बुझाए लाइसेन्स



हाम्रो इकोनोमि

 

भदौ १ देखि लागू भएको नयाँ मुलुकी ऐन संशोधन गर्न माग गर्दै पाँच हजार भन्दा बढी चिकित्सकहरुले आफ्नो लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाएका छन् ।

आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरेपछि चिकित्सकहरुले मेडिकल काउन्सिलको कार्यालयमा पुगेर नेपाल मेडिकल काउन्सिलको प्रमाण (लाइसेन्स ) बुझाएको चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले जानकारी दिएका छन् ।

मुलुकी ऐन सच्याउन सरकारलाई आग्रह गर्दै चिकित्सकहरुले आज सांकेतिक रुपमा एक दिनका लागि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकको सेवा बन्द गरेको थियो ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ निर्माण गरी नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अपराधीको व्यवहार गरेको चिकित्सक संघको ठहर रहेको छ । चिकित्सकले उपचार गर्ने क्रममा विरामीको मृत्यु भए जेल जानु पर्ने कानूनी व्यवस्थाले आफूहरु जोखिम मोलेर उपचार गर्न नसक्ने चिकित्सकहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...