दाजुबाटै बहिनी बलात्कृत



हाम्रो इकोनोमि

 

दाजु–बहिनीको सम्बन्धलाई नेपाली समाजले पवित्र सम्बन्धको रुपमा लिने गरेको छ । तर, यहि साइनोलाई बदनाम गराउँदै कैलाली धनगढीका एक युवाले बहिनीलाई बलात्कार गरेका छन् ।

 

कैलालीको घोडाघोडी नगरपालिका–६ की १४ वर्षीया किशोरी फुपूको छोराबाट बलात्कारको शिकार बनेकी छन् । किशोरीमाथि ३३ वर्षीय हर्कबहादुर कुँवरले बलात्कार गरी फरार भएका छन् । कुँवर किशोरीको सहपाठीको बुबा समेत हुन् ।

 

भदौ १३ गते राति घरमा कोही नभएको मौका छोपेर छिमेकी समेत रहेका कुँवरले बालिकाकै चुन्नीले मुख र हात बाँधेर बलात्कार गरेको कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन् । आरोपी कुँवरकी छोरी र बलात्कृत बालिका स्थानीय स्कुलमा कक्षा–७ मा अध्ययनरत छन् ।
बालिकाका आमा–बुवा पहाड (अछाम) मा भएका बेला उनीमाथि बलात्कार भएको हो ।

 

कान्छा बाजेसँग बसेर स्कुल पढिरहेकी बालिकामाथि १३ गते बलात्कार भए पनि परिवारका सदस्यहरूले १५ गते मात्रै इलाका प्रहरी कार्यालय सुखडमा खबर गरेको प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । आमा–बुबा पहाडमा रहेछन्, अनि बालिकाले प्रहरीलाई भन्दा पनि आफ्ना आमा–बुवालाई खबर गरिछन्, बुवा पहाडबाट आएपछि मात्रै प्रहरीलाई खबर गरियो’, प्रहरी उपरीक्षक घिमिरेले भने ।

 

पीडित बालिकाका बाबु र आरोपी कुँवरबीच एक वर्षअघि जग्गा कारोबार पनि भएको थियो । कुवँरले पीडित बालिकाका बाबुलाई जग्गा बेचेका थिए । घटना हुँदाको दिन बालिकाका बाजे बाख्राको खोर भएको स्थानका सुतेकाले एक्लै घरमा भएकी बालिकामाथि बलात्कार भएको प्रारम्भिक रुपमा खुलेको प्रहरीले जनाएको छ ।

 

बालिकाका बुबा आर्थिक अवस्था कमजोर भएका कारण कामका लागि भारत आवतजावत गर्छन् । यस पटक पनि केही दिनअघि उनी भारतबाट आएर छोरीलाई भेटी अछाम गएका थिए । भदौ १३ गते रातिको घटनाबारे इलाका प्रहरी कार्यालय सुखडमा शुक्रबार मात्रै उजुरी आएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए ।

 

उनले उजुरी आए लगत्तै कुँवरलाई पक्राउ गर्न प्रहरी गए पनि उनी फरार भएको बताएका छन् ।

कुँवरमाथि प्रहरीले जबरजस्ती करणीको मुद्धा दर्ता गरी खोजीकार्य जारी राखेको छ । कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरे आइतबार घटनास्थल गएका छन् । उनले सादा पोशाकका प्रहरी परिचालित गरी कुँवरको तीब्र रुपमा खोजी भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...