मल्टी भेन्यू पार्टी प्यालेसले खुवायो कुहिएको मासु ,सञ्चालकलाई बयानमा उपस्थित हुन पत्र



हाम्रो इकोनोमि

 

आजभोलि पार्टी प्यालेस र बैंक्वेट कल्चर निकै बढेको छ । घरकोठामा साँघुरो ठाउँ हुने भएकाले कुनै शुभकार्य गर्नुपर्‍यो भने पार्टी प्यालेसमा पुग्छौं ।
विभिन्न संघसंस्था र राजनीतिक दलका कार्यक्रमहरु पनि पार्टी प्यालेस तथा बैंक्वेटहरुमै हुन्छन् । तर, त्यहाँ खुनाइने खाना भने स्वस्थकर नहुने भेटिएको छ ।

शनिबार नयाँबजारस्थित ‘नयाँबजार मल्टी भेन्यू’मा एक सहकारीको साधारणसभा चल्दै थियो । कार्यक्रममा सहभागीहरुलाई खानाको पनि व्यवस्था थियो ।

तर, खानेकुराबाट शंकास्पद गन्ध आयो । झण्डै ३ सय व्यक्तिका लागि तयार गरिएको खानेकुरामा कैफियत रहेको आशंका लागेपछि एक पाहुनाले उपभोक्ताकर्मी माधव तिमिल्सिनालाई खबर गरे । उपभोक्ताकर्मीको टोली तत्कालै प्रहरीको साथमा बैंक्वेट पुगेपछि अस्वस्थकर खानेकुरा खुवाइएको खुलेको छ ।

कुहिएकै मासु पकाएको टोलीले भेट्टायो । लगतै आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीलाई बोलाइयो ।

सरकारी टोली पुगेपछि बैंक्वेटका सञ्चालक राजु महर्जनले बासी खानेकुरा र मासु खुवाएको भन्दै गल्ती स्वीकारे । बैंक्वेटको भान्छामा पनि फोहोर भेटिएको छ ।

सन् २०१५ मै म्याद सकिएका मसलाहरु प्रयोग भइरहेको तथा कुहिएका आलु, साग, सलादहरु फोहोर भेटिएका छन् । बैंक्वेटले प्रयोग गरेको प्रायः सबै खाद्यवस्तुमा लेभल समेत नभेटिएको उपभोक्ताकर्मी तिमल्सिनाले बताए ।

सरकारी टोलीले बैंक्वेटमा सिल गरेको छ र सञ्चालकलाई बयानमा लागि उपस्थित हुन पत्र थमाएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...