बिरामीको मृत्युपछि नमूना अस्पतालमा तोडफोड, प्रहरी मुकदर्शक बनेको आरोप



हाम्रो इकोनोमि

 

सर्लाहीको हरिवन नगरपालिका ११ मा रहेको नमूना अस्पतालमा तोडफोड भएको छ । एक महिलाको उपचारमा लापरवाही गरेको भन्दै पीडित पक्षले तोडफोड गरेको हो । तर, अस्पताल नजिकै रहेको प्रहरीले नियन्त्रणको प्रयाससमेत नगरेको अस्पताल प्रशासनको भनाइ छ ।

हरिवन नगरपालिका वडा नं. ७ निवासी गर्भवती अप्सरा थापालाई आफन्तले शुक्रबार राति करीव आठ बजे नमूना अस्पतालमा उपचारका लागि ल्याएका थिए । अप्सराको अवस्था गम्भीर रहेको थाहा पाएपछि सो अस्पतालका चिकित्सकहरूले वीरगञ्ज रिफर गरिदिएका थिए । तर, उपचार गराउन वीरगञ्ज लगेपछि अप्सराको उतै निधन भएको नमूना अस्पतालको भनाइ छ ।

पीडितका आफन्तहरूले अप्सराको शवलाई वीरगञ्जबाट पुनः सर्लाहीको हरिवनस्थित नमूना अस्पताल अगाडि राखेर शनिबार बिहानैदेखि प्रदर्शन शुरु गरेका थिए । आक्रोशित समूहले अस्पतालमा तोडफोड गर्दासमेत प्रहरीले नियन्त्रणको प्रयास नगरेको नमूना अस्पतालका अध्यक्ष बलराम न्यौपानेले बताए । ‘हाम्रो अस्पतालको कारण अप्सराको मृत्यु भएको भए हामी कानून बमोजिम सजाय भोग्न तयार छौँ’, न्यौपानेले भने, ‘अप्सराको मृत्यु नमूना अस्पतालका कारण भएको हो वा अरु कारणले भएको हो छानविन गरेपछि थाहा भइहाल्छ । छानविन गर्न प्रहरीको रोहबरमा समिति बनेको थियो । सहमति उल्लंघन गरेर हाम्रो अस्पतालमा तोडफोड र आगजनी भयो । नजिकै रहेको प्रहरीले पनि केही गरेन ।’

अप्सरा थापाको मृत्यु भएका विषयमा पीडित पक्ष, अस्पताल व्यवस्थापन, इलाका प्रहरी कार्यालय हरिवनका बीच शनिबार बिहान सात बजे सहमति भइ छानविन समिति बनाउने सहमति भएको थियो । इलाका प्रहरी कार्यालयमा भएको सहमतिअनुसार छानविन गर्न बनेको समितिमा चिकित्सक, जिल्ला प्रहरी कार्यालयका, जिल्ला प्रशासन कार्यालय र पीडितका तर्फबाट ३ जना रहने निर्णय भएको थियो ।

प्रहरी निरीक्षक विनोद सुनुवारले सहमति भइसकेपछि आक्रोशित समूहले अस्पतालमा तोडफोड र आगजनी गरेको बताए ।

स्थानीय प्रत्यक्षदर्शीले भने इलाका प्रहरी कार्यालयका इञ्चार्ज एवम् निरीक्षक विनोद सुनुवारको लापरवाही र असक्षमताका कारण अस्पतालमा तोडफोड तथा आगजनी भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...