भाइरलले सिन्धुलीमा तीन बालबालिकाको मृत्यु



हाम्रो इकोनोमि

 

पछिल्लो दुई सातादेखि सिन्धुलीमा देखिएको मौसमी भाइरलको संक्रमणका कारण तीन बालबालिकाहरुको मृत्यु भएको छ। उपचारका लागि सिन्धुली अस्पतालतर्फ ल्याउँदै गर्दा बाटौमै उनीहरूको मृत्यु भएको अस्पतालले जनाएको छ। एम्बुलेन्समार्फत उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको सिन्धुली अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट सुमित्रा गौतमले बताइन्।

 

मृत्यु हुने बालबालिका कमलाखोंच र मरिण क्षेत्रका भए पनि उनीहरूको पहिचान खुलाइएको छैन। बालबालिकामा भाइरल एन्फ्लुएन्जाको संक्रमण आशंका गरिए पनि प्रमाणित नभएको उनको भनाइ छ। पछिल्लो दुई सातायता ५६२ बालबालिकाहरूमा श्वासप्रश्वाससम्बन्धी भाइरल संक्रमण देखिएको छ।

 

विशेषगरी पाँच वर्षमुनिका बालबालिकामा यस्तो संक्रमण देखिएको छ। संक्रमणमा परेका बालबालिकामा रुघाखोकी, जरो, छातीमा इन्फेक्सन तथा घाँटीमा समस्या देखिने गरेको छ। वर्षायाम, अत्यधिक, गर्मी र चिसोको सुरुवात भएर मौसममा परिवर्तन आउन थालेपछि यस्तो रोगको संक्रमण हुनथालेको उनको भनाइ छ। भाइरलको संक्रमणमा परेका बालबालिकाहरूको ल्याब परीक्षणमा भाइरल एन्फ्लुएन्जाको संक्रमण नभएपनि घाँटीमा भने गम्भीर समस्या देखा परेको पाइएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...