गृहमन्त्रीले कारबाही गर्छु भनेका घरबेटीलार्इ जोगाउन प्रचण्डले यस्तो गरे



 

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई हर्जाना नलगाइकन एक वर्ष समय थप्न पहल गर्ने बताएका छन् ।

अध्यक्ष दाहालले भूकम्प र नाकाबन्दीका समयमा निर्माण व्यवसायीले काम गर्न नपाएको गुनासो विगतदेखि नै आएको बताउँदै भने, “हर्जाना नलगाइकन एक वर्ष समय थप्न मेरो पूरै पहल हुन्छ ।”

समयमा नै काम पूरा नगर्ने ठेकेदारमध्ये प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारी पनि एक हुन् । उनले थुप्रै सडक विस्तारको जिम्मा लिएका छन् । तर उनले जिम्मा लिएका मध्ये हालसम्म ८ वटा निर्माणको काम समयमै नसकिएको पाइएको छ ।

त्यसमध्ये एउटा हो कलंकी नागढुंगा सडक विस्तारको काम । यो सडकखण्डको विस्तारका लागि शारदा अधिकारीको शैलुङ कन्स्ट्रक्सनले विभिन्न कम्पनीसँग मिलेर ठेक्का मिलाएको छ । कलंकी नागढुंगा सडकको कामका लागि शैलुङले विश्व बैंकसँग सन् २०१३ को जुलाई २९ मा, २ लाख ७० हजार ८ सय ६८ अमेरिकी डलर ९झण्डै २ करोड ९० लाख रुपैयाँ० को सम्झौता गरेको छ । यो सडक गत असोजभित्रै सम्पन्न गरिसक्नुपर्थ्यो ।

 

यसअघि गृहमन्त्री रामबहादुर थापाले काम समयमै पुरा नगर्ने ठकेदारमाथिको कार्वाही गर्ने बताएका थिए । उनले भनेका थिए, ूसमयमा काम नगर्ने जो कोही किन नहुन्, प्रचण्डकै घरबेटी भए पनि बेइमान हुन्, राज्यलाई ठगी गरेका हुन्, सम्झौता उल्लंघन गरेका हुन् ।ू

बुधबार चितवनमा भएको कार्यक्रमलार्इ सम्बोधन गर्दै प्रचण्डले कर्मचारीतन्त्रमा रहेको निहित उद्देश्य रहेको मिलेमतो (सेटिङ) तोड्नुपर्ने बताए ।

 

निर्माण व्यवसायी सङ्घ चितवनको २५ औँ साधारणसभालाई बुधबार यहाँ सम्बोधन गर्दै प्रचण्डले ठूला विकास निर्माणको योजना एउटै निर्माण व्यवसायीलाई ठेक्का दिने मिलेमतो कर्मचारीबाटै हुने गरेको बताए । आफूले सरकार र मन्त्रालयको सचिवलाई भनेर ठूला विकास निर्माण एउटैलाई नदिनुहोस्, साना(साना टुक्रामा ठेक्का दिनुहोस्, छिटो-छिटो काम हुन्छ, प्रतिस्पर्धामा काम हुन्छ भनेको स्मरण गर्दै उनले भने, “एउटै ठूलो ठेकेदारलाई ठेक्का दिने, भएभरको नाफा कमाउने पनि उही, काम गरे पनि हुने नगरे पनि हुने ।”

 

अध्यक्ष दाहालको भनाइ थियो “पाँच-सातवटा पुल एउटै ठेकेदारलाई दिएको छ, ओगटेको छ, समयमा काम पूरा पनि हुँदैन । साना निर्माण व्यवसायी रोएर हिँडेका छन् । ठूला ठूलाले एकाधिकार जमाएका छन् ।”

 

व्यवसायीले सरकारलाई र सरकारले व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताउँदै उनले थपे, “निजी क्षेत्रले राज्य र कर्मचारीलाई कामचोर र घुस्याहा भन्ने, कर्मचारी र राज्यले निर्माण व्यवसायीलाई ठग भन्ने प्रवृत्ति छ ।”

व्यवसायमा लाग्नेलाई राज्यले नाफाको सुनिश्चितता गर्नुपर्ने बताउँदै उनले निजी क्षेत्रलाई खुशी र सुरक्षित नगरी विकास र समृद्धि आउँदैन भने । फरक प्रसङ्गमा अध्यक्ष दाहालले महिला हिंसाका घटना बढेकाले यसप्रति सरकार गम्भीर बन्नुपर्ने बताए ।

 

गत साउन अन्तिम तिर प्रधानमन्त्री केपी शर्मा ओली कलंकी–नागढुंगा सडक खण्ड भदौ १५ गतेभित्र कालोपत्रे गरिसक्न भनेका थिए ।पानी पर्दा हिलो र घाम लाग्दा धुलो उडेर स्थानीय बासिन्दा पीडित भएको चर्को गुनासो आएपछि प्रधानमन्त्री ओलीको विशेष निर्देशन दिएका थिए ।

 

प्रधानमन्त्री ओलीले साउन १५ गते सरोकार भएका सबै मन्त्रालयका मन्त्री, सचिव र सम्बद्ध सबै संस्थाका पदाधिकारीलाई बोलाएर सडक मर्मतमा ध्यान दिन र तोकिएको समयभित्र सम्पन्न गर्न निर्देशन दिएका थिए ।

 

वर्षाका समयमा पानी परेर सवारी आवागमनमा समस्या भएको भन्दै स्थानीय बासिन्दाले तत्काल मर्मतमा ध्यान दिन आग्रह गरेपछि ती सडक कालोपत्र गर्ने कलंकी–नागढुंगा सडक खण्ड निर्माण तथा मर्मत सम्भारलाई उच्च प्राथमिकता दिइएको भनिए पनि काम भने अझै बाकि रहेको छ ।

 

काठमाडौँ प्रवेश गर्ने प्रमुख मार्गका रुपमा रहेको कलंकी–नागढुंगा सडकमा समेत उस्तै समस्या रहेको छ । स्थानीय बासिन्दाले समस्या समाधान नभएको र निर्माण व्यवसायीलेसमेत समयमै काम नगरेका कारण सो सडकखण्ड निर्माण शुरु भएको लामो समय भइसक्दासमेत सम्पन्न हुन सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा