भारतले शुरु गर्यो नेपालबाट आयात हुने कार्गोमा विद्युतीय ट्याकिङ सिस्टम



हाम्रो इकोनोमि

 

 

भारतमा नेपालबाट आयातित बस्तुको विद्युतीय कार्गो ट्र्याकिङ सिस्टम शुरु भएको छ । ट्रयाकिङ सिस्टम पाइलट परियोजनाको रुपमा शुरु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । २४ अ‍ै घण्टा जीपिएसमा आधारित यस परियोजनाले हिमालयन देश नेपालबाट आयात गर्न लाग्ने समय र पैसा दुबैको बचत गर्छ ।

 

कन्टेनरमा भएको सामान चोरी हुनबाट पनि बचाउँछ । कस्टमका आयुक्त डिके श्रीनिवासका अनुसार यो रेलरुटबाट बिशाखापाटनसम्म पुर्याउने सामानको आवागमनको लागि एउटा ऐतिहासिक स्थल हो ।

 

यो परियोजना सफल भएको अवस्थामा अन्य स्थानमा पनि लागू गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारत सरकारले केही वर्ष पहिला विशाखापाटनलाई कोलकता—हल्दिया पछिको नेपालमा आधारित वस्तुको लागि दोस्रो द्वारका रुपमा लिएको थियो ।

 

यस परियोजनाले आयात गर्न लाग्ने लागत र समयलाई कम गर्छ साथसाथै दुइरतीन महिनालाग्ने समयलाई दुई हप्तामा झार्नेछ । अहिले नेपालमा आधारित आयातकर्ताले ८ वटा डकुमेन्ट पेश गर्नुपर्ने अवस्था छ ।

 

यो परयोजनाले यस्तो झन्झटबाट मुक्त गर्नेछ भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...