‘शिक्षा, स्वास्थ्यमा निः शुल्क गरेपछि कर त लिनै पर्यो’



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धिका लागि कर आवश्यक रहेको बताएका छन् ।

बुधबार चितवनमा निर्माण व्यवसायी संघको अधिवेशनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले देशको विकास र समृद्धिका लागि करको दायरा बढाउन आवश्यक रहेको बताएका हुन् ।

जनताबाट कर लिएपछि राज्यपनि जवाफदेही बन्नु पर्ने बताउँदै उनले भने, ‘शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रमा निः शूल्क व्यवस्था गरेपछि कर त लिनै पर्यो ।’

कार्यक्रमलाई सम्बोधन गर्दै उनले कतिपय स्थानीय तहले भने हास्यास्पद शीर्षकमा समेत कर लिएको बताए । यस्तो हास्यास्पद शिर्षकमा कर नलगाउन उनले स्थानीय तहलाई अनुरोध समेत गरे ।

सरकारले कर लगाउन पाउने भन्दै उनले विकास र समृद्धिका लागि पनि करको दर बढाउनै पर्ने दावी गरे।

उनले नेपाललाई समृद्ध बनाएरै छोड्ने दावी गर्दै इतिहासबाट पाठ सिकेर अगाडि बढ्ने बताए । साथै उनले पछिल्लो समय महिला हिंसाका घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गरे।

उनले कञ्चनपुर, पोखरा, गोरखा, काठमाडौँ लगायतका स्थानमा बढ्दै गएको महिला हिंसालाई सरकारले गम्भीर रुपमा नियन्त्रण गर्ने आश्वासन दिए ।

प्रचण्डले सरकार हिंसा नियन्त्रणमा लागि परेको भन्दै नयाँ अवस्थामा जाँदा केही गल्ती हुने र समस्या आउने भन्दै तिनलाई सच्याउँदै अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...