‘योगमाया’ लाई मदन पुरस्कार,जगदम्बाश्री शान्तदास मानन्धरलाई



हाम्रो इकोनोमि

 

 

यस वर्षको मदन पुरस्कार निलम कार्की (निहारिका) को ‘योगमाया’ ले पाएको छ।

 

यस वर्ष मदन पुरस्कारनिम्ति आठ पुस्तक सिफारिस गरिएको थियो- ‘कैरन’ (ध्रुवसत्य परियार), ‘नथिया’ (सरस्वती प्रतीक्षा), ‘पाठशाला’ (तीर्थ गुरुङ), ‘भुइँया’ (यज्ञस), ‘यार’ (नयनराज पाण्डे), ‘योगमाया’ (निलम कार्की ‘निहारिका’), ‘लिम्बुनी गाउँ’ (राज माङलाक) र ‘हिमाली दर्शन’ (मोहन वैद्य ‘किरण’)।

यीमध्येबाट योगमायालाई पुरस्कार दिने निर्णय गरिएको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले ट्विटमार्फत जानकारी दिएका छन्।

त्यस्तै गुठीले बाल साहित्यको विकास, विस्तार र प्रवर्द्धनमा पाँच दशकदेखि सक्रिय शान्तदास मानन्धरलाई वर्ष २०७४ को जगदम्बाश्री पुरस्कार दिने निर्णय पनि गरेको छ।

१९३० दशकमा भोजपुरको नेपालेडाँडा, सिम्ले गाउँमा जन्मिएकी योगमायाले निरंकुश राणाशासनको विरोध गरेकी थिइन्। यति मात्र होइन, अशिक्षित नेपाली समाजलाई संगठित गरी मर्न र मार्नसमेत तयार पारिन् । तिनै योगमायाका बारेमा स्थलगत अध्ययन गरी लेखिएको उपन्यास हो योगमाया।

साहित्यकार कार्कीका दुई कविता संग्रह, तीन कथा संग्रहका साथै अर्की आइमाई र चीरहरण उपन्यास प्रकाशित छन्। चीरहरणले २०७२ को पद्मश्री पुरस्कार पाएको थियो।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...