म्यानमार र श्रीलंकाका राष्ट्रपति स्वागतका लागि लुम्बिनीमा यस्तो तयारी



हाम्रो इकोनोमि

 

 

बिम्सटेक सम्मेलनमा आउने दुई विदेशी राष्ट्र प्रमुख बुद्ध जन्मस्थल लुम्बिनी आउने भएका छन्।

भदौ १४ र १५ गते काठमाडौंमा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास ९बिम्सटेक० सम्मेलन अघि र पछि दुई राष्ट्र प्रमुखले लुम्बिनी भ्रमण गर्ने तय भएको हो।

लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईका अनुसार सम्मेलन अघि म्यानमार र सम्मेलन सकिएपछि श्रीलंकाका राष्ट्रपतिले लुम्बिनीको भ्रमण गर्नेछन्। म्यानमारका राष्ट्रपति विन मियिन्टले विमस्टेक सुरू हुनुअघि भदौ १३ गते लुम्बिनी भ्रमण गर्ने छन्।

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सम्मेलन सकिएपछि भदौ १६ गते लुम्बिनी भ्रमण गर्ने जानकारी आएको लुम्बिनी विकास कोषले जनाएको छ। दुवै राष्ट्र प्रमुखले लुम्बिनीमा ४र४ घण्टा बिताउने गरी कार्यक्रमको तालिका तय भएको छ। उनीहरू चार्टर गरेको जहाजमा भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा ओर्लिएर त्यहाँबाट हेलिकोप्टरमा लुम्बिनी पुग्नेछन्। लुम्बिनी पुगेर मायादेवी मन्दिरमा प्रार्थना गर्ने, विहारहरू अवलोकन गर्ने र खाना खाएर काठमाडौं फर्कने कोषका योजना प्रमुख भट्टराईले जानकारी दिए।

लुम्बिनीस्थित मायादेवी मन्दिरको दक्षिणपट्टिको पिपलको रुखनेर औपचारिक कार्यक्रमको समेत आयोजना गर्ने र विकास कोषको तर्फबाट लुम्बिनीको बारेमा जानकारी गराउने कार्यक्रम तय भएको छ। त्यसपछि दुवै राष्ट्रप्रमुखले आ(आफ्ना मुलुकले लुम्बिनीमा बनाएका विहारमा पुगेर अवलोकन गर्ने र प्रार्थना गर्ने छन्।

स्वागतका लागि तयारी लुम्बिनीमा दुई मुलुकका राष्ट्रपति आउने भएपछि त्यसको तयारी थालिएको छ। तयारीस्वरुप सडक मर्मत, सरसफाई, तुल व्यानरहरू राख्ने जस्ता काम भइरहेको कोषले जनाएको छ। भ्रमणको समयमा सुरक्षाको सबै व्यवस्थापन नेपाली सेनाले गर्नेछ।

भ्रमणका लागि प्रदेश सरकार, स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर संघीय सरकारले तयारी थालेको परराष्ट्र मन्त्रालयका सहप्रवक्ता रामबाबु ढकालले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस
गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने

    आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा हुने समारोहमा प्रधानमन्त्री बालेन्द्र...

सिजी इलेक्ट्रोनिक्सको विश्वविख्यात ब्ल्याक-डेकर ब्रान्ड बजारमा

  सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको विश्वविख्यात ब्रान्ड ब्ल्याक-डेकर (BLACK-DECKER) ले अत्याधुनिक जुस एक्स्ट्र्याक्टर र...

एकता कायम गर्दै सकियो एमाले सचिवालय बैठक

    एकताको सन्देश प्रवाह गर्दै नेकपा (एमाले) को सचिवालय बैठक सकिएको छ...

भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...