प्रदेश. १ मा बलात्कारको भयावह रूप, किन हुदैँछ बलात्कार



 

 

घटना १
गएको भदौको पहिलो साता उदयपुरको रौतामाई गाँउपालिका( २ बाट आफ्नै श्रीमतीलाई जबर्जस्ती करणीको आरोपमा श्रीमान नरबहादुर (नाम परिवर्तन)लाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गर्‍यो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) मेघराज अधिकारीका अनुसार श्रीमतीले श्रीमानले जबर्जस्ती करणी गरेको र नाबालिक छोरीलाई समेत यौन दुर्व्यवहार गरेको उजुरीको आधारमा पक्राउ परेका हुन्। पक्राउ परेका नरबहादुरलाई अनुसन्धान गरी कारवाही अघि बढाएको छ।

 

घटना २
गएको साउनमा झापाको अर्जुनधारा नगरपालिका( ११ का ७० वर्षीय मानबहादुर बानियाँ ११ वर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ परे। जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार सानीआमाका घरमा बस्दै आएकी ती बालिकालाई छिमेकी वृद्ध बानियाँले घरमा कोही नभएको मौका छोपी गोठमा लगेर बलात्कार गरेका हुन्।

झापामा साउन महिनामा मात्र अर्जुनधारा नगरपालिकामै चार वर्षीया बालिका पनि बालत्कारको सिकार बनिन्। लिभिङ टुगेदर बस्ने, सहमतिमा यौन सम्बन्ध कायम गर्ने अनि रिस उठेपछि महिलाले बलात्कार आरोप लगाउने प्रचलन पनि बढ्दै गएको छ।

 

घटना ३
उदयपुरको त्रियुगा नगरपालिमा १७ वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार भयो। जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगरपालिका( १२ डिएमगेटका २६ वर्षीय विकास परियार र सोही नगरपालिका( ६ कोलालपता बस्ने केशवलगायतका अन्य व्यक्ति उक्त घटनामा संलग्न रहेको भन्दै पक्राउ गरेको डिएसपी मेघराज अधिकारीले बताए।

बेल्टारको चौदण्डीको हटियातर्फ अटो रिक्सामा आफन्तकहाँ जाँदै गरेकी किशोरीको पछि लागेर अभियुक्तद्वयले जंगलमा किशोरीलाई बलात्कार गरी फेरि उनीहरूले ललाइफकाई किशोरीलाई घर ल्याइदिने भन्दै सोही अटो रिक्सामा गाईघाटस्थित त्रियुगा बसपार्कको एक होटलमा ल्याएर अन्य युवकसहित जम्मा भएर सामूहिक बलात्कार गरेको प्रहरीको दाबी छ।

 

घटना ४
सम्झना (नाम परिवर्तन)को परिवार आर्थिक रूपमा विपन्न हो। आज खाए भोलि के खाऊँ भन्ने सम्झनाको परिवार अभावै अभावका दिन काटिरहेको थियो। दैनिक घर चलाउनका लागि उनका श्रीमानले वैदेशिक रोजगारीमा जाने इच्छा प्रकट गरे। विदेश जानका लागि राहादानी बनाए। जान मेडिकल जाँच गराए। तर उनको छातीमा दाग देखियो।

 

उनी विदेश जानका लागि अयोग्य ठहरिँदै काठमाडौंबाट उदयपुर फर्किए। श्रीमानले विदेश जान नपाएपछि घरको आर्थिक अवस्था सम्झँदै सम्झनाले राहदानी बनाइन्। उनी कुवेत गइन्। उनी भन्छिन्, ‘विदेशमा काम राम्रो थियो। जुन घरमा काम गर्थें, त्यो घरका मालिकले राम्रो व्यवहार गर्थे। एउटै घरको परिवारको झैँ व्यवहार गर्थे। विदेशमा कमाएको पैसा महिनैपिच्छे श्रीमानको हातमा पठाउँथेँ।ु गएको ऋण तिरेर साहुले खाएको जग्गा उकास्नका लागि दिनरात विदेशी भूमिमा रगत पसिना बगाउन थालेको उनी बताउँछिन्।

 

घरमा १२ वर्षकी छोरी छाडेर आएकाले कहिलेकाहीँ छोरीको यादले छाती पोल्थ्यो तर आफूलाई सम्हाल्थिन् उनी। उनले छोरीलाई उसका बाबुको साथ छाडेकी थिइन्। बाबुको साथमा छोरीलाई छाडेर गएकी उनको जीवनमा बज्रपात भयो। दुई वर्ष अगाडि उनले छोरीलाई उसैको बाबु, मामा र छिमेकी दाइले बारम्बार बलात्कारको सिकार बनाएको खबर परदेशमा सुन्नुपर्‍यो। सुरुमा उनलाई विश्वास लागेन तर पनि कुरा सत्य थियो। तत्काल नेपाल आउन पाइनन् उनी। नेपाल आउँदा उनको घर तहसनहस भइसकेको थियो। उनी भन्छिन्, ‘जब म नेपाल आएँ, मेरो घर मसानघाटमा परिणत भइसकेको थियो।’

 

घटना ५

एक वर्षअघि नै उदयपुरको बेल्टारमा वैदेशिक रोजगारीमा आएका श्रीमान फर्किएलगतै श्रीमतीले श्रीमानबाट बालात्कृत भएको उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता गरिन्। श्रीमान पक्राउ परे। ुश्रीमती परपुरुषसँग लागेर श्रीमानलाई जबर्जस्ती करणीमा प्रहरीमा उजुरी दिएको आशंकामा श्रीमान श्रीमतीको झगडा मिलाउन खोजियो।

तर श्रीमती नमानेपछि श्रीमान कारवाहीमा परे। वैदेशिक रोजगारीमा गएर कमाएको पैसा पनि गयो। श्रीमतीले कारागार पनि पुर्‍याइन्, एक स्थानीय भने।

श्रीमानद्वारा श्रीमती, बाबुबाट छोरी, वृद्धद्वारा बालिका, सामूहिक बलात्कार, वैदेशिक रोजगारीमा गएका आमाहरूका छोरीहरू, श्रीमान विदेशमा भएको बेला घरमा परपुरुषसँग लागेर श्रीमान आएका बेला जबर्जस्ती करणीले पीडित बनेका माथिका केही घटना उदाहरण मात्र हुन्। यी प्रदेश १ मा भएका केही प्रतिनिधिमूलक घटना हुन। देशभरका अन्य बलात्कारका घटना झनै काहालीलाग्दा छन्। नेपाली समाजमा बलात्कारका घटना बढिरहेका छन् भन्दा फरक पर्दैन।

प्रदेश १ मा पर्ने जिल्ला झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, संखुवाभसा, धनकुटा, खोटाङ, उदयपुर, ओखलढुंगा, सोलुखम्बु १४ जिल्ला पनि बलात्कारका घटनाका कारण बदनाम बन्दै गएका छन्। बालिका, अधवैँसे महिलामाथि बलात्कार तथा श्रीमान श्रीमतीको वैवाहिक बलात्कार नौलो हुन छाडेको छ यहाँ।

प्रदेश १ मा किन बढ्दै छ बलात्कार ?

प्रदेश १ प्रहरी कार्यालय विराटनगर र १४ जिल्लाका जिल्ला प्रहरी कार्यालयले दिएको तथ्यांक हेर्दा दिनानुदिन बलात्कारका घटना बढ्दै गएका छन् यस प्रदेशमा। पत्रकार कौशल चेमजोङ भन्छन्, ‘बलदलिँदो जीवन शैली, यौन इच्छा व्यवस्थित नहुनु, रेमिट्यान्स संस्कृति, हुर्कँदै गएको डिप्रेसन, बलात्कारविरुद्धका जनचेतनामूलक अभियानमा कमी यसका कारण हुन्।’

यसैगरी अनौपचारिक सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख सोमराज थापाले वृहत शान्ति सम्झौता अगाडि द्वन्द्वकै घटना धेरै भएको भन्दै बलात्कारका बढ्नु मुख्य कारण सामाजिक संजालको विकृति भएको बताए।

‘यस्ता घटना पहिला पनि नभएका होइनन्, पहिला घट्ना कमै मात्रामा बाहिर आउने गर्थे, अहिले सचेतनाको कारणले पीडितहरूले बाहिर ल्याउन थालेका हुन्।ु कानुनको कार्यान्वयन कमजोर भएको भन्ने कुरा पनि उठिरहेको बताउँदै उनले भने, ुसचेतनाको कमीले पनि हो, बढ्दो विकृति, विसंगति, नैतिक आचरण सबै कारण यसमा जोडिएका छन्।’

पछिल्लो समयमा मानवअधिकार उल्लंघनका घटनामा पनि महिलामाथि हुने हिंसा र बालत्कारकै बढी छन्। बालिकामाथि हुने दुर्व्यवहार नै बढी देखिएको उनी बताउँछन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी ज्ञानेन्द्र फुयाँल पनि मुख्य रूपमा चनचेतनामा कमी भएको बताउँछन्। ‘तराईमा जनघनत्व बढी हुनु, महिला, तथा बालबालिका एक्लैएक्लै बस्ने र हिँड्ने गर्नु, सहमतिमा भएको यौन सम्बन्धलाई रिस उठेपछि झूटा आरोप लगाउनु यसका कारण हुन्, डिएसपी फुयाँलले भने। स्थानीय पदम राईले वैवाहिक बलात्कार हुने घटनामा गहिरो अनुसन्धान गर्न जरुरी रहेको औँल्याए।

‘श्रीमान श्रीमतीको बीचमा सहमतिको आधारमा हुने यौन सम्बन्धलाई बलात्कारका रूपमा लिने कानुन छ’, उनले भने, ‘श्रीमतीले परपुरुषसँग लागेको बेला, श्रीमतीलाई रिस उठेको बेला श्रीमानलाई बलात्कारी बनाउने सँस्कार पनि बढ्दै गएको छ। यसमा राज्यले सोच्ने बेला आएको छ।ु श्रीमतीले बलात्कृत भएँ भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले गहिरो अनुसन्धान गरेर मात्र कारवाही गर्नुपर्ने उनको भनाइ छ। लिभिङ टुगेदर बस्ने, सहमति यौन सम्बन्ध कायम गर्ने अनि रिस उठेपछि महिलाले बलात्कार आरोप लगाउने प्रचलन पनि बढ्दै गएको छ। त्यसले पनि बलात्कार घटनाको संख्या थप्दै गएको आम बुझाइ पनि छ। कहाँकहाँ भयो बलात्काररु चालू आर्थिक वर्ष २०७५र०७६ को भदौ पहिलो सातासम्म १०५ बलात्कारका घटना भएका छन्। प्रदेश १ मा पर्ने जिल्ला झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, संखुवाभसा, धनकुटा, खोटाङ, उदयपुर, ओखलढुंगा, सोलुखम्बुका जिल्ला प्रहरी कार्यालयमा जबर्जस्ती करणी र जबर्जजस्ती करणी उद्योग ९करणी प्रयास० प्रहरीले १०५ वटा घटनाको तथ्यांक रहेको छ, जुन एक महिनाको हो।

सम्बन्धित जिल्ला प्रहरी कार्यालयका अनुसार झापामा २९ वटा छन् भने धनकुटामा एउटा मात्र बलात्कारको घटना दर्ता भएको छ। यसैगरी चारवटा बालात्कारका घटना भएका छन् पाँचथर, भोजपुर, उदयपुरमा। जिल्ला प्रहरी कार्यालय इलाम, सोलुखम्बु, ओखलढुंगाका अनुसार यी तीनै जिल्लामा दुईरदुईवटा बालत्कारका घटना भएका छन्। खोटाङ र संखुवासभामा सातरसात वटा छन् भने ताप्लेजुङमा पाँच, तेह्रथुममा तीन, मोरङमा २१ र सुनसरीमा १४ वटा बलात्कारका घटना प्रहरी समक्ष पुगेका छन। यीमध्ये झापा, सुनसरी र मोरङमा उच्च रहेको छ।

बलात्कार र कारवाहीको तथ्याङ्क प्रदेश १ मा गएको आर्थिक वर्ष झण्डै ५०० बढी बालत्कार घटना भएका छन्। प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार जबर्जस्ती करणीका ३८४ मुद्दा रहेका छन्, जसमा ३३२ जना पक्राउ परेका छन् भने ९७ बलात्कारका अभियुक्त फरार छन्। यसैगरी जबर्जस्ती करणी उद्योग ९करणी प्रयास०मा १८७ मुद्दा दर्ता भएका छन्, जसमा १६९ जना पक्राउ परेका छन भने ४४ फरार रहेका छन्। प्रदेश प्रहरी कार्यालयका अनुसार झापामा जबर्जस्ती करणीका मुद्दा ९४ वटा छन्, जसमा ७९ मुद्दाका अभियुक्त पक्राउ परेका छन् भने २४ मुद्दाका अभियुक्त फरार छन्। जबर्जस्ती करणी उद्योग ९करणी प्रयास० का ३३ मुद्दा दर्ता भएका छन्, जसमा २८ जना पक्राउ परेका छन् भने छ जना फरार रहेका छन्।

यसैगरी इलाममा १९ जबर्जस्ती करणी ९जक० मुद्दा छन्, जसमा १७ जना पक्राउ परेका छन् भने दुई मुद्दाका अभियुक्त फरार छन्। यसैगरी जबर्जस्ती करणी उद्योग ९जकउ०मा ११ मुद्दा छन् भने ११ जना पक्राउ परेको र एउटा मुद्दाका अभियुक्त फरार रहेको प्रदेश प्रहरी कार्यालय विरानगरको तथ्यांकमा उल्लेख छ। पाँचथरमा जकका २१ मुद्दा दर्ता भएका छन् भने पक्राउ १६ र पाँच फरार रहेका छन्। जकउमा चार मुद्दा परेका र पाँच जना पक्राउ परेका छन्। यसैगरी ताप्लेजुङमा पाँच मुद्दामा पाँच जना नै पक्राउ परेका छन्। यता, जकउमा पनि छ मुद्दामा छ जना नै पक्राउ परेका छन्। प्रदेश प्रहरीका अनुसार मोरङमा ७७ जकका मुद्दामा ७५ जना पक्राउ परेका छन् भने १३ अभियुक्त फरार छन्।

यसैगरी जकउमा ४३ मुद्दामा ४२ जना पक्राउ परेका छन् भने चार मुद्दाका अभियुक्त फरार छन्। यता, सुनसरीमा जकका ६५ मुद्दाका ४७ जना पक्राउ परेका छन् भने २० जना फरार छन्। जकउमा ३२ मुद्दा दर्ता भएका छन् भने २४ जना पक्राउ परेका छन्। १९ जना फरार छन्। धनकुटामा १२ वटा मुद्दा दर्ता भएका छन्, जसमा सात जना पक्राउ परेका छन् भने सात जना फरार छन्। यसैगरी जकउमा चार मुद्दा र चार जना नै पक्राउ परेको तथ्यांकमा उल्लेख गरिएको छ। तेह्रथुममा जबर्जस्ती करणी ९जक०मा १४ मुद्दा रहेका छन्, जसमा ११ जना पक्राउ र दुई फरार छन्। जबर्जस्ती करणी उद्योग (जकउ)मा तीन मुद्दामा दुई जना पक्राउ र एक जना फरार छन्। यसैगरी भोजपुरमा जकका १२ मुद्दा रहेका छन्, जसमा १२ जना पक्राउ परेका छन् भने दुई जना फरार छन्।

जकउमा आठ मुद्दा छन्, जसमा छ पक्राउ र दुई फरार रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ। संखुवसभामा जकमा १६ मुद्दामा १८ जना पक्राउ परेका छन् भने ११ जना फरार छन्। जकउमा १२ मुद्दामा १२ जना नै पक्राउ परेका र दुई जना फरार छन्। यसैगरी उदयपुरमा जकका २९ मुद्दामा ३१ जना पक्राउ परेका छन् भने सात फरार छन्। यसैगरी जकउमा १७ मुद्दा दर्ता भएकामा १७ जना पक्राउ परेका छन् भने पाँच जना फरार रहेका छन्।

खोटाङमा जकमा छ मुद्दा दर्ता भएका छन् भने पाँच पक्राउ परेका छन्। एउटा मुद्दाका अभियुक्त फरार रहेका छन्। जकउमा चार मुद्दामा दुई जना पक्राउ र दुई जना फरार छन्। ओखलढुंगामा जकका सात मुद्दामा तीन जना पक्राउ र तीन जना नै फरार छन्। जकउमा दुई मुद्दामा दुई जना नै पक्राउ परेका छन्। सोलुखम्बुमा सात मुद्दामा छ जना पक्राउ परेका छन् भने एक जना फरार छन्। जकउमा आठ मुद्दा छन् भने आठ जना नै पक्राउ परेको र दुई जना फरार रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्यांक छ। यस्तो छ, कानुनी व्यवस्था देशमा अहिले नयाँ मुलुकी अपराध संहिता लागू भएको छ।

 

जबर्जस्ती करणीपछि हत्या गरे आजीवन जेल बस्नुपर्नेछ भने जन्म कैदको हालको व्यवस्थामा पाँच वर्ष थप गरी २५ वर्ष पुर्‍याइएको छ। गएको भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताको दफा २१९ मा भएको बलात्कारसम्बन्धी व्यवस्थाले करणीसम्बन्धी कसुरमा १० वर्षभन्दा कम उमेरकी बालिका भए १६ देखि २० वर्षसम्म कैद १० वा १० भन्दा बढी र १४ वर्षभन्दा कम उमेरकी बालिका भए १४ वर्षदेखि १६ वर्षसम्मको कैद, १४ वर्ष वा १४ वर्षभन्दा बढी १६ वर्षभन्दा कम उमेरकी बालिका भए १२ वर्षदेखि १४ वर्ष कैद, १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म कैद, १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि १० वर्षसम्म कैदको सजाय उल्लेख गरिएको छ।

के भन्छन् सांसद, सभामुख र मन्त्रीरु प्रदेश १ का प्रदेशसभा सदस्य हिमाल कार्कीले जनचेतनाको अभावले बलात्कारका घटना बढेको दाबी गरे। ‘घटना त दिन प्रतिदिन बढ्दै छन्, न्यूनीकरण गर्नका लागि जनतामा सचेतना कार्यक्रम चलाउनुपर्‍यो, घटना भएपछि सजाय गर्नुभन्दाु, कार्कीले भने, ुकानुनहरू संघीय सरकारबाट पनि आएका छन्, त्यसलाई कार्यान्वयन गर्दै किशोर किशोरीहरूलाई जनचेतनामूलक कार्यक्रम गर्न जरुरी छ।ु यसैगरी प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्कमतकुमार कार्कीले देशभर नै बलात्कारका घटना बढ्दै आएको बताए।

‘प्रदेश १ मा तपाईंले धेरै भन्नुभयो, यो अलि कमी नै छ। बलात्कार न्यूनीकरणका लागि प्रदेशले कानुन बनाउने कुरा भएन। हामीले अपराधका घटनालाई समाप्त पार्छौं भन्दा पनि नहोला, न्यूनीकरण गर्नका लागि हाम्रा प्रहरीहरूलाई आवश्यक तयारी गर्न र सतर्कता अपनाउन त भनेका छौँ तर यतिले मात्र पुग्दैनु, उनले भने। अपराधीलाई कानुनको दायरमा ल्याएर कारवाही गर्नु त घटनापछिको कुरा हो भन्दै उनले प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि जानकारी गराइएको बताए।

 

बलात्कार केटाकेटीमा बढिरहेको र नाबालिकाहरू पीडित भएको भन्दै उनले भने, ुयो ठूलो अपराध हो। यसमा राज्यले कठोर नीति लिनुपर्छ भन्ने स्वतःस्फुर्त रूपमा देखिएको छ। यो प्रदेशमा मात्र सोचेर हुँदैन, केन्द्रमा पनि हामीले कुरा गरेका छौँ। यसलाई हामीले केन्द्रमा भनेका छौँ। यसलाई न्यूनीकरण गर्न कठोर कानुन केन्द्रले ल्याउनुपर्ने र प्रहरीलाई धेरै सक्रिय बनाउने, साधन स्रोत सम्पन्न बनाउने, प्रविधिमैत्री बनाउने काम गर्न जरुरी रहेको उनको भनाइ छ।

प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले बलात्कारको कुरा प्रदेश सदनमा उठेको र कानुन बनाउन विधेकको रूपमा नआएको जानकारी दिए। प्रदेशसभामा सरकारी र गैरसरकारी विधेकहरू हुने र विधेकको रूपमा आयो भने सकिन्छ भन्दै सभामुख भण्डारीले भने, प्रदेश १ मा बलात्कारका घटना न्यूनीकरण गर्न कडा खालको कानुन बनाएर व्यावहारिक रूपमा कार्यान्वय गर्नुपर्छ कि भन्ने लागेको छ।’ झापामा जनचेतनामूलक अभियान प्रदेश १ को झापा जिल्लामा सबैभन्दा धेरै बलात्कारका घटना भएका छन्।

चालू आर्थिक वर्ष २०७५र०७६ सुरु भएको भदौको पहिलो सातासम्म २९ वटा रहेका छन्, जुन जबर्जस्ती करणी र जबर्जस्ती करणी उद्योग दुवै हुन्। गएको आर्थिक वर्ष झापमा प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापामा जबर्जस्ती करणीका मुद्दा ९४ वटा छन्, जसमा ७९ मुद्दाका अभियुक्त पक्राउ परेका छन् भने २४ मुद्दाका अभियुक्त फरार छन्।

जबर्जस्ती करणी उद्योग (करणी प्रयास)का ३३ मुद्दा दर्ता भएका छन्, जसमा २८ पक्राउ परेका छन् भने छ जना फरार रहेका छन्, जुन प्रदेश १ का १४ जिल्लाको तथ्यांक हेर्दा उच्च हो। बलात्कारका धेरै घटना भएको झापामा अहिले महिलामाथि हुने यौनजन्य दुर्व्यवहारका घटनालाई कम र रोकथाम गर्न एक महिने विशेष प्रहरी अभियान थालेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

झापामा बलात्कारको चुनौती बढ्दै गएपछि जिल्लाभरका इलाका, वडा, सीमा र प्रहरी चौकीहरूबाट परिचालन गर्नेलगायतका काम सुरु भएको छ।

उनका अनुसार सादा पोसाक, मोटरसाइकल गस्ती, पैदल गस्ती, प्रभावकारी निगरानी गर्न जनशक्ति परिचालन गर्ने, अभियुक्तहरूलाई तत्काल पक्राउ गर्ने, पीडित, पीडितका आफन्त र आमनागरिकलाई सुरक्षाको थप अनुभूति दिलाउने र सम्भावित पीडकको पहिचान गरी निगरानी गर्दै जनचेतना जगाउने काम सुरु भएको बताइएको छ। थाहाखबरबाट

 

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा