आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिँदै



हाम्रो इकोनोमि

 

 

नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न तथा स्मार्ट बनाउने गरि स्थानान्तरण गर्ने तयारी गरेको छ । २०८४ बैशाखभित्र निर्माण सक्ने लक्ष्य लिइएको डीपोको कुल अनुमानित लागत साढे ३ अर्ब हुनेछ । हाल घना बस्तीका बिचमा रहेको सुदूरपश्चिम प्रादेशिक कार्यालय असुरक्षित भएको र साँघुरो भएको भन्दै स्थानान्तरण गर्न लागिएको हो । हाल रहेको डीपो कुल १ बिगाहा ८ कट्ठा क्षेत्रफलमा रहेको छ । अब निर्माण हुने डीपोका लागि हाल २० बिगाहा १६ कट्ठा ८ धुर क्षेत्रफल जग्गा प्राप्त भएको छ ।

आयल निगमको हवाइ इन्धन डीपो सिनामंगलका प्रमुख ईन्जिनियर प्रदीप यादवले सुदुरपश्चिमका नौ जिल्लाको मागलाई धान्ने गरेर नयाँ डीपो निर्माणका लागि जग्गा प्राप्त भइसकेको बताए । २०३७ सालमा स्थापना भएको डीपो जीर्ण भइसकेको र त्यसबेला दैनिक ४ ट्यांकर मात्र माग हुने अवस्थामा निर्माण भएकाले हालको माग सो डीपोले धान्न नसक्ने अवस्था रहेको तथा सुरक्षाका हिसाबबाट पनि असुरक्षित भएको बताए ।

“धनगढी डीपो २०३७ सालमा स्थापना भएको हो, त्यसबेला दैनिक ४ ट्यांकर इन्धनको माग धान्ने गरेर निर्माण भएको थियो, अहिले ९ जिल्लाको माग धान्न सक्ने अवस्थामा सो डीपो छैन, त्यसकारण स्थानान्तरण गरेर सुरक्षित र सुविधा सम्पन्न बनाइने गरेर तयारी अघि बढाइएको हो,” यादवले भने । यादवले नयाँ बन्ने डीपो पूर्णरूपमा अटोमेसनमा आधारित र डीजीटल हुने बताए । २०८२ बैशाख पहिलो हप्ता डीपो निर्माणको शिलान्यास गरिने र नयाँ बन्ने डीपोको डीपीआर काठमाडौँ विश्वविद्यालयले बनाउने उनले जानकारी दिए । काठमाडौँ विश्वविद्यालयका ई विवेक बरालले तोकिएकै समयमा काम सक्नेगरी आफूहरूले काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...

रवि र बालेनले उद्घाटन समारोहमा सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी...

लुम्बिनीमा पनि उठ्यो एमाले नेतृत्व पुनर्गठनको माग

    नेतृत्व पुनर्गठनको माग लुम्बिनीमा जोडतोडले उठेको छ । आम निर्वाचनमा पार्टी...

कक्षा १२ को नतिजा प्रकाशन

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ ।...