नेपालबाट भारतीय डाक्टरलाई ४ करोड भारु माग्दै धम्कीपूर्ण फोन



हाम्रो इकोनोमि

 

 

पटनामा रहेका एक न्युरोसर्जनलाई नेपालबाट ४ करोड भारतीय रुपैयाँ माग गर्दै धम्कीपूर्ण फोन आएपछि पटना प्रहरीमा हलचल मच्चिएको छ । गत अगस्त २० गते उक्त धम्कीपूर्ण फोन आएपछि पटना प्रहरीले नेपाल प्रहरीसँग समन्वय गरेर उक्त फोन गर्ने व्यक्ति पत्ता लगाउने प्रयास गरिरहेको टाइम्स अफ इन्डियाले समाचार प्रकाशित गरेको छ ।

समाचारमा डाक्टर एसएम रोहत्यागीलाई मोबाइल नम्बरबाट १२ बजेर ४५ मिनेट जाँदा उनको मोबाइल नम्बर फोन आएको थियो । फोनबाट अपरिचित व्यक्तिले चार करोड रकम माग गर्दै १० मिनेटपछि कल गर्ने बताएको थियो । तर, त्यसपछि फोन भए आएन । डाक्टरले सोही दिन पाट्लीपुत्र प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् । शुरुवाती अनुसन्धानबाट उक्त फोन नेपालबाट आएको पुष्टि भएको थियो ।

स्रोतलाई उद्धृत गर्दै समाचारमा यतिबेला पटना प्रहरीको एक टोली नेपाल–भारत सीमा नजिक रहेको मोतिहारीमा तैनाथ रहेका छन् र नेपाली प्रहरीसँग निरन्तर सम्पर्कमा रहेका छन् । पटना प्रहरीले हालसम्म कल डिटेल र सिमकार्ड कसको नाममा रजिस्टर गरिएको भन्ने जानकारी प्राप्त नगरेको बताएको छ ।

प्रहरीले फोन कहाँबाट गरिएको भन्ने खुलाउन नमिल्ने बताएको छ । संदिग्ध व्यक्ति पक्राउ परेपछि मात्र फोन कलको उद्देश्य पत्ता लाग्ने प्रहरीले बताएको छ । कल डिटेल तथा अन्य प्राविधिक जानकारी पाउन एकहप्ता लाग्ने प्रहरीले बताएको छ ।

उक्त फोनपछि डाक्टरलाई अर्को नेपाली नम्बरबाट पनि फोन आएको छ । तर, ती व्यक्तिले आफ्नो मेरुदण्डको समस्या रहेको बताएका थिए । ‘ती व्यक्ति साँच्चै बिरामीनै थिए कि स्थिति बुझ्न फोन गरेका थिए भन्ने यकिन हुन बाँकी छ,’ प्रहरीले भनेको छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...