‘नेपालगञ्ज हेल्थ क्याम्पस’ मा अनिश्चितकालीन तालाबन्दी, कारण यस्तो छ



हाम्रो इकोनोमि

 

 

‘नेपालगञ्ज हेल्थ क्याम्पस’ मा अनिश्चितकालीन तालाबन्दी गरिएको छ ।

क्याम्पसले विद्यार्थीको परीक्षा फारम केन्द्रमा नपठाएको विषयमा बोलाइएको वार्तामा नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ० महेन्द्र बहुमुखी क्याम्पसका कार्यबाहक अध्यक्ष सिपी देवकोटामाथि आक्रमण भएको भन्दै त्यसको विरोधमा विभिन्न विद्यार्थी सङ्गठनले तालाबन्दी गरेका हुन् ।

वार्तामा बोलाएर आक्रमण भएको भन्दै विद्यार्थी सङ्गठनले दोषीलाई कारबाहीको माग गरेका छन् । क्याम्पस सञ्चालक मैकुलाल बाल्मिकीले भने आफूले आक्रमण नगराएको बरु विद्यार्थीका दुई पक्षबीच झडप भएको प्रतिक्रिया दिएका छन् ।

नेविसङ्घ, अनेरास्वावियु, अखिल क्रान्तिकारी, अखिल छैँठौ, नयाँशक्ति विद्यार्थी युनियनलगायतका विद्यार्थी सङ्गठनले जारी गरेको विज्ञप्तिमा दोषीलाई कारबाही गर्नुको साटो बाँके प्रशासन मौन बसेको आरोप लगाइएको छ । सोही विषयमा आन्दोलनरत विद्यार्थी र प्रमुख जिल्ला अधिकारीबीच भएको वार्ता सहमतिमा नपुग्दै टुङ्गिएको छ ।

प्रतिक्रिया दिनुहोस
यस्ता छन आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्ति नियुक्त...

सडकमा जाने तयारी गर्न पार्टीपंक्तिलाई शंकर पोखरेलको निर्देशन

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्वेच्छाचारिता रोक्नको लागि एमाले सडकमा...

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...