धारिलो हतियार प्रहार गरी युवकको हत्या



हाम्रो इकोनोमि

 

मोलुंग गाउँपालिका वडा नम्बर ३ का २९ वर्षिय सन्तोष कार्कीको अज्ञात समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेको छ। घरमा कोही नभएको अवस्थामा धारिलो हतियार प्रहार गरी कार्कीको हत्या भएको स्थानीयवासीले बताएका छन्।

 

मंगलबार साँझ घरको कोठामा रगतले लत्पतिएको अवस्थामा शव फेला परेको स्थानीय सन्तोष दाहालले बताए। घटनापछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्मा नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको प्रहरी कार्यालयका सूचना अधिकारी निरञ्जन भट्टराईले बताए।

 

शव पोस्टमार्टमका लागि रुम्जाटार अस्पताल पठाउने तयारी भएको छ। कार्की गत असारदेखि गाउँमा बस्दै आएका थिए। यसअघि उनी काठमाडौंमा थिए।

 

उनीसँग व्यक्तिगत रिसइबी भएका व्यक्ति बाहिरबाट आएर हत्या गरेको अनुमान स्थानीयवासीको छ। घटनाको अनुसन्धानपछि सत्यतथ्य सार्वजनिक गर्ने प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...