घरको आर्थिक अवस्था कमजोर भएपछि विद्यालयबाट निस्कासन गरिदिन कक्षा ६ की छात्राको यस्तो भावुक निवेदन



हाम्रो इकोनोमि

 

अवसर पाउँदा पनि कतिपय विद्यार्थीले अध्ययनमा मन लगाएका हुँदैनन्।

कतिपय मन हुँदाहुँदै विद्यालय जान नपाउँदा पीडामा पिरोलिइरहेका हुन्छन्। म्याग्दीको बेनी नगरपालिका-७ अर्थुङ्गेमा रहेको जमुनाखर्क माध्यमिक विद्यालयको कक्षा ६ मा पढ्ने पूजा खत्री अध्ययन गर्ने मन हुँदा हुँदै आर्थिक अवस्था कमजोर भएकाले अध्ययनलाई निरन्तरता दिन नसक्ने भएकी छन्।

त्यसैले उनले आफूलाई निस्कासन गर्न माग गर्दै विद्यालयलाई निवदेन दिएकी छन्। बेनी नगरपालिका-६ फोओठे घर भएकी पूजाले आफ्ना समस्या देखाउँदै विद्यालयलाई निवेदन दिएकी हुन्। पत्रमा आफूलाई विद्यालयबाट निस्कासन गरिदिन अनुरोध गरिकी छन्।

पत्रमा विद्यालयमा भर्ना भएर पनि नियमित विद्यालय जान नपाएको, कापी कलम किन्ने पैसा नभएको र आफूलाई पढाइदिने कोही पनि नभएको उल्लेख गर्दै विद्यालयबाट निस्कासन गर्न अनुरोध गरिएको छ।

पूजाका बुबा दिनहुँ रक्सी सेवन गरेर आमालाई कुटपिट गरेपछि आमाले दोस्रो विवाह गरेकी हुन्। उनका बुबाको सधैँको यस्तै बानी भएकाले पूजाका हजुरबुबा मानबहादुरले जसोतसो मागेर पाल्दै आएका छन्। निकै कष्टकर जीवन बितारहेकी पूजाले बाबुको माया त पाउन सकिनन् नै आमाको मायाको पनि उस्तै अभाव छ।

मगेर पेट पाल्नुपर्ने अवस्थामा रहेकी पूजालाई विद्यालय जाने मन भएर पनि जान नसक्ने बाध्यता छ। घरमा पूजाबाहेक उनका तीन बहिनी र एक भाइ छन्। समस्याले घेरिएपछि पूजा धेरैजसो विद्यालयमा अनुपस्थित हुन थालिन्।

त्यसैले विद्यालयले निरन्तर विद्यालय आउनका लागि ताकेता गर्‍यो। जति नै कर गरे पनि उनी विद्यालय निरन्तर जान सक्ने अवस्था नरहेपछि अन्ततः उनले आफूलाई विद्यालयबाटै निस्कासन गरिदिन भनी पत्र लेखिन्।

विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुंगानाका अनुसार पूजामा विद्यालय पढ्ने तीव्र इच्छा रहे पनि आर्थिक अवस्था दयनीय भएकै कारण उनले अध्ययनलाई बिीचैमा रोक्ने भन्दै पत्र लेखेकी हुन्।

प्रथम त्रैमासिक परीक्षामा समेत अनुस्थित हुने अवस्था आएपछि गाउँकै विद्यार्थीमार्फत परीक्षा दिन विद्यालयमा आउन विद्यालयले दैनिकजसो घरमा खबर पठाउने गरेको भए पनि पूजासँग पोशाक, स्टेशनरी, पुस्तक नभएपछि पत्र मार्फत जवाफ पठाएको पनि प्रधानाध्यापक ढुंगानाले बताए।

प्रतिक्रिया दिनुहोस
कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...

सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन

    सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...