झन विकराल बन्दै हिंसा, चार महिनामै ६७५ बालबालिका हिंसाको शिकार



 

 

चार महिनाको अवधिमा ६७५ जना बालबालिका हिंसाको शिकार भएको पाइएको छ। केन्द्रीय बाल कल्याण समितिले प्रतिवेदन सार्वजनिक गरेपछि उक्त कुरा खुल्न आएको हो। प्रतिवेदनअनुसार चार महिनामा बालबालिका विरुद्ध ३०६ वटा घटना घटेको पाइएको छ। ३०६ वटा घटनामा ६७५ जना बालबालिका विभिन्नखाले हिंसाबाट प्रभावित भएको पाइएको हो।

 

०७४ चैत्रमा ८३ वटा बालबालिकासम्बन्धी घटनामा १२५ जना बालक,११३ बालिका गरी १३८ जना बालबालिका हिंसाबाट प्रभावित भएको पाइएको छ। त्यस्तै ०७५ बैशाखमा ७९ घटनामा ९० बालक, १०३ बालिका,१५ शिशु गरी २०८ प्रभावित भएका छन्।

 

त्यस्तै जेठमा ५५ वटा घटनामा २५ बालक, ५९ बालिका र ३ शिशु गरी ८७ वटा बालबालिका तथा शिशु प्रभावित भएको पाइएको छ । त्यस्तै असारमा ८९ वटा घटना घटेका छन्। जसमा ६२ वटा बालक, ७८ बालिका र २ शिशु गरी १४२ जना बालबालिका हिंसाको शिकार भएको पाइएको छ।

 

सबैभन्दा बढी ३५३ जना बालिका पीडित भएको पाइएको छ भने ३०२ जना बालक र २० जना शिशु ९लिंग पहिचान नभइ हत्या वा मृत्यु भएका बालबालिका० समेत प्रभावित भएको पाइएको छ।

 

आत्महत्या

 

चार महिनाको अवधिमा ८ जना बालबालिकाले आत्महत्या गरेको पाइएको छ। आत्महत्या गर्नेमा ५ जना बालिका र ३ जना बालक रहेको प्रतिवेदनमा उल्लेख छ। उमेरगत रुपमा १५ वर्षदेखि १७ वर्ष उमेरका बालबालिका रहेका छन्।

बालबालिकामध्ये ६३ प्रतिशतले घरायसी झगडाको कारण आत्महत्या गरेको पाइएको छ भने २ जना बालिकाले विषादी सेवन गरेर आत्महत्या गरेका छन्। उनीहरु आपसमा मितिनी रहेका र एकजना मितिनीको आमाले गाली गरेका कारण दुवै जनाले विष सेवन गरी आत्महत्या गरेका हुन्।

साथै १ जना १७ वर्षे बालक उपचार गर्न पैसाको अभावमा अस्पतालको छतबाट हाम फालेर आत्महत्या गरेका छन्।

 

अपहरण
यसअवधिमा १० जना बालबालिकाको अपहरण गरिएको पाइएको छ।अपहरण गरिएका १० बालबालिकाको अपहरणपछि हत्या गरिएको छ भने अन्य 2  जनाको अपहरणपश्चात मुक्त गरिएको छ। अपहरणमा पर्नुका खास कारण ५० प्रतिशत (५ जना) फिरौती, ३० प्रतिशत ९३ जना ० पारिवारिक रिसइवी र २० प्रतिशत (२ जना) बालिकाले कानमा लगाएको सुनको मुन्द्रा लिनका लागि अपहरण गरिएको पाइएको छ।

 

अपहरण परेकामध्ये ४ जना बालिका र ६ जना बालक रहेका छन्। उमेर समूहका आधारमा सबैभन्दा सानो २ वर्षको समेत गरी ३ जना बालक १० वर्षमुनिका छन् भने ११ वर्षदेखि १४ वर्षका ५ जना र सोभन्दा माथि २ जना रहेका छन्।

 

हत्या
यस अवधिमा बालबालिका हत्याका ३२ वटा घटना सार्वजनिक भएका छन्। सबैभन्दा बढी चैत्र महिनामा ९ वटा घटना भएका छन् भने जेठ र असारमा ८र८ वटा तथा वैशाखमा ७ जना बालबालिकाको हत्या भएको छ।

 

मृत्यु

यस चार महिनाको अवधिमा विभिन कारणले ११५ जना बालबालिकाको मृत्यु भएको पाइएको छ। सबैभन्दा बढी असार महिनामा ४८ जना बालबालिकाको मृत्यु भएको देखिन्छ भने अन्य महिनामा जेठ,चैत्र र वैशाखमा क्रमश स्२६,२४ र १७ जना बालबालिको मृत्यु भएको पाइएको छ।

नदी,पोखरीमा डुबेर वा बगेर सबैभन्दा बढी २७ जना बालबालिकाले ज्यान गुमाएका छन्। त्यस्तै खाल्डोमा परेर १८ जना, बाढी पहिरोमा परी १६ जना , सर्पको टोकाइबाट १५ जना ,सडक दुर्घटानमा परी १४ जना र करेन्ट लागेर ८ जना बालबालिकाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ।

 

बलात्कार
०७४ चैतदेखि २०७५ असारसम्ममा १२० वटा बाल यौनदुर्व्यवहार र बलात्कारका घटना भएको पाइएको छ।

प्रतिवेदनअनुसार चैत महिनामा सबैभन्दा बढी ५७ जना बालबालिका पीडित बनेका छन्। चार महिनाको अवधिमा २ जना बालक जर्मन नागरिकबाट यौन दुव्र्यवहारमा परेका थिए भने ११८ जना बालिका बलात्कृत भएको प्रतिवेदनले जनाएको छ। बालिका बलात्कार भएका घटनामध्ये १२ प्रतिशत अर्थात १४ जना सामूहिक बलात्कारको शिकार भएका छन्।

 

बलात्कारका घटनालाई विश्लेषण गर्दा सबैभन्दा बढी चिनजानको व्यक्तिबाट ३७ प्रतिशत अर्थात ४४ जना बालिका बलात्कृत भएका छन्।

त्यसैगरी छिमेकीबाट २७ प्रतिशत अर्थात ३२ जना, आफ्नै बुबा तथा हाडनाताबाट १२ प्रतिशत अर्थात १४ जना, प्रधानाध्यापक तथा शिक्षकबाट ८ प्रतिशत अर्थात ९ जना, प्रहरी, सेना र कर्मचारीबाट ९ प्रतिशत अर्थात ११ जना र घरेलु बालश्रममा रहेका ७ प्रतिशत अर्थात ८ जना बालिका बलात्कृत भएका छन्।

हाडनाताबाट बलात्कार भएका १४ जना बालिकामध्ये ८ जना बालिका आफ्नै बुवाबाट बलात्कृत भएका छन्।

 

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा