कुकुरले बलात्कारीलाई टोकेपछि



हाम्रो इकोनोमि

 

 

भारतको मध्य प्रदेशको सागर क्षेत्रमा बालिका बलात्कार गर्दै गरेका युवकलाई कुकुरले टोकेपछि बालिका उम्कन सफल भएकी छन्। १४ वर्षीया बालिकालाई दुईवटा युवकले बलात्कार गरिरहेको अवस्थामा घरमा पालेको कुकुरले दुवै बलात्कारीमाथि झम्टिन पुग्यो। कुकुरले बलात्कारीमाथि झम्टिँदै गर्दा एउटाको खुट्टामा गहिरो चोट लाग्ने गरी टोकी दियो।

 

शनिबार राति बालिकाकी हजुरआमाले बालिकालाई मच्छर मार्ने धुप किनेर ल्याउन भनेकी थिइन। उनी धुप किन्न बाहिर निस्कँदै गर्दा दुई युवकले जबरजस्ती उठाएर घरनजिकै अँध्यारो ठाउँमा लगेका थिए।

 

त्यसपछि उनीहरुले बालिकाको मुखमा कपडा कोची बलात्कार गर्ने प्रयास गरे। त्यही बेला बालिकाले पालेको कुकुर आएर बलात्कारीको खुट्टामा गहिरो घाउ हुनेगरी टोकिदियो। उनीहरु त्यहाँबाट भागेपछि बालिका उम्कन सफल भएकी हुन्।

 

भारतको मोती नगर पुलिस स्टेसनका इन्सपेक्टर विपीन ताम्राकारका अनुसार घटना शनिबार राति भएको भएपनि पीडित बालिकाले बलात्कारीको डरले आइतरबार मुद्दा दर्ता गराउन सकिनन्।

 

बालिकाले परिवारका सदस्यसँग घटनाबारे जानकारी गराउँदा उनीहरु अचम्ममा परे। यसअघि मदिरा तस्करीको आरोपमा जेल परेका उनीहरु तत्काल जेलबाट छुटेका थिए। घटनाको अनुसन्धान भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस
सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...