कुकुरले बलात्कारीलाई टोकेपछि



हाम्रो इकोनोमि

 

 

भारतको मध्य प्रदेशको सागर क्षेत्रमा बालिका बलात्कार गर्दै गरेका युवकलाई कुकुरले टोकेपछि बालिका उम्कन सफल भएकी छन्। १४ वर्षीया बालिकालाई दुईवटा युवकले बलात्कार गरिरहेको अवस्थामा घरमा पालेको कुकुरले दुवै बलात्कारीमाथि झम्टिन पुग्यो। कुकुरले बलात्कारीमाथि झम्टिँदै गर्दा एउटाको खुट्टामा गहिरो चोट लाग्ने गरी टोकी दियो।

 

शनिबार राति बालिकाकी हजुरआमाले बालिकालाई मच्छर मार्ने धुप किनेर ल्याउन भनेकी थिइन। उनी धुप किन्न बाहिर निस्कँदै गर्दा दुई युवकले जबरजस्ती उठाएर घरनजिकै अँध्यारो ठाउँमा लगेका थिए।

 

त्यसपछि उनीहरुले बालिकाको मुखमा कपडा कोची बलात्कार गर्ने प्रयास गरे। त्यही बेला बालिकाले पालेको कुकुर आएर बलात्कारीको खुट्टामा गहिरो घाउ हुनेगरी टोकिदियो। उनीहरु त्यहाँबाट भागेपछि बालिका उम्कन सफल भएकी हुन्।

 

भारतको मोती नगर पुलिस स्टेसनका इन्सपेक्टर विपीन ताम्राकारका अनुसार घटना शनिबार राति भएको भएपनि पीडित बालिकाले बलात्कारीको डरले आइतरबार मुद्दा दर्ता गराउन सकिनन्।

 

बालिकाले परिवारका सदस्यसँग घटनाबारे जानकारी गराउँदा उनीहरु अचम्ममा परे। यसअघि मदिरा तस्करीको आरोपमा जेल परेका उनीहरु तत्काल जेलबाट छुटेका थिए। घटनाको अनुसन्धान भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...