काठमाडौं प्रहरी प्रमुख भन्छन्– गुन्डागर्दी, तस्करी र लागूऔषध नियन्त्रण मेरो प्राथमिकता



हाम्रो इकोनोमि

 

 

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी वसन्त लामाले राजधानीमा सुसुप्त अवस्थामा रहेको गुन्डागर्दी, तस्करी, संगठित अपराध र लागूऔषध कारोबारको नियन्त्रण आफ्नो प्राथमिकतामा रहेको बताएका छन् ।

 

परिसर प्रमुख भएर आएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै लामाले आफ्नो प्राथमिकताबारे जानकारी दिँदै ती क्षेत्रहरुको निगरानीको लागि सूचना संयन्त्र परिचालन गरिएको बताएका हुन् ।

 

‘पहिलेको जस्तो अवस्था त छैन । दादा भनिएकाहरु करिब करिब शान्त छन्’, लामाले भने, ‘यद्यपि, लुकीछिपी उनीहरुले व्यवसायीबाट पैसा असुल्न छाडेका छैनन् ।’ उनले त्यस्ता गतिविधिमा संलग्नहरुको पहिचान गरी कठोर रुपमा प्रस्तुत हुने बताए ।

 

लामाले आम नागरिकलाई समेत साथमा लिएर अघि बढ्ने विश्वास व्यक्त गरे । उपत्यकाको सुरक्षा अवस्थामा आफूले ३ दिनमा अनुभव गरेको बताउँदै उनले पीडितको गुनासोलाई विशेष प्राथमिकतामा राख्ने योजना रहेको समेत सुनाए ।

 

‘घटनै हुँदैन भन्ने होइन । घटनापछि प्रहरी तुरुन्त त्यहाँ पुग्न सक्नु र अनुसन्धानपछि यथासिघ्र सत्य, तथ्य बाहिर ल्याउनु चाहिँ मुख्य कुरा हो’, लामाले भने ।

 

गृहमन्त्रालयले ३० साउनमा लामालार्इ काठमाडौं प्रहरी प्रमुखमा नियक्त गरेको थियो । उनी यसअघि ३८ क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धान समितिमा थिए ।

 

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...