दाङमा ६० किलो चरेशसहित ५ जना पक्राउ



हाम्रो इकोनोमि

 

 

जिल्ला प्रहरी कार्यालय, दाङले ६० किलो अवैध लागूऔषध चरेशसहित ५ जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा प्रेमबहादुर घर्तीमगर, डिल्लीराज चन्द, सपना पुन मगर, रुपा धर्ती र ध्रुव जंगल बुढा छन् ।

 

जिल्ला प्रहरी कार्यालय, दाङका प्रमुख एसपी कृष्णहरि शर्माका अनुसार विशेष सुराकीका आधारमा जिल्लाबाट खटिएको प्रहरी टोलीले घर्ती र चन्दले बोकेको प्लाष्टिकको बोराबाट १० किलो चरेश बरामद भएको हो भने उनीहरुबाट प्राप्त सूचना फलो गर्ने क्रममा अन्य ३ जना पनि पक्राउ परेका थिए ।

 

पक्राउ परेको थप ३ जनाबाट उनीहरुले अमिलियाको जंगलमा ५० किलो चरेश लुकाएर राखेको खुलेपछि प्रहरी त्यसतर्फ गएको थियो । र, लमही–९ स्थित गोपी बुढाको मकैबारी नजिक झाडीमा ४ वटा बोरामा लुकाएर राखिएको ५० किलो चरेश बरामद भयो ।

 

उनीहरुमाथि लागूऔषध मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको शर्माले बताए ।

 

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...