मलेसियाले नेपाललाई पठायो एमओयूको मस्यौदा



हाम्रो इकोनोमि

 

मलेसियाले नेपाली कामदार लैजानेबारे द्विपक्षीय समझदारी (एमओयू) गर्न औपचारिक प्रस्ताव पठाएको छ । मलेसियाको परराष्ट्र मन्त्रालयमार्फत आएको एओयूको मस्यौदा श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयमा आइपुगेको हो ।

 

चारदिन अघि नै मलेसियाले पठाएको एमओयूको मस्यौदा आइपुगेको र त्यसमाथि छलफल सुरु भएको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । उनकाअनुसार पछिल्लोपटक नेपालले उठाएका श्रमिकका मुद्दाहरुमा अधिकतम् सम्बोधन हुने गरी मलेसियाले एमओयूको प्रस्ताव गरेको छ ।

नेपालले भिसा प्रक्रियामा अवैधानिक र एकपक्षीय संयन्त्रहरु खडा गरी ठगी गरिएको भन्दै मलेसियमा कामदार पठाउन रोकेको दुई महिना बढी भइसकेको छ ।

 

पछिल्लो समयमा मलेसियामा सुरक्षा क्षेत्रमा कामदार अभाव चर्किएको छ । सुरुआतमा बेवास्ता गरे पनि अहिले मलेसिया आफैं नेपालसँग औपचारिक सम्वादमा आएको छ ।

 

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले एओयूमार्फत नै नेपालसँग उत्पन्न असमझादी र समस्या हटाएर नेपालबाट कामदार आपूर्ति सुचारु गर्ने बताइसकेकका छन् ।

 

मलेसियाले हालै पठाएको मस्यौदामाथि श्रम मन्त्रालयमा वृहत्तर छलफल सुरु भएको छ । मलेसियाले पठाएको एमओयूको ड्राफ्टमा नेपाली कामदारको हितका कस्ता(कस्ता विषयहरुहरु थप गरेर प्रस्ताव गर्ने भन्नेबारे मन्त्रालयले विभिन्न विज्ञहरुसँग पनि छलफल गरिरहेको छ ।

 

‘मन्त्रीज्यू आफैं यसमा सक्रिय हुनुहुन्छ । मलेसिया जाने कामदारलाई कुनै अतिरिक्त भार हुन नहुने गरी नै एमओयू गर्न नेपालले जोड दिन्छ,’ मन्त्रालयका एक अधिकारीले भने,’मलेसियाले पठाएको एमओयूको मस्यौदा धेरै हदसम्म सकारात्मक छ । अझ त्यसमा नेपालले के(के विषय थप गर्न आग्रह गर्ने भन्ने टुंगो लागाउन हामी छलफलमा केन्द्रित छौं ।’

 

मलेसियालाई यो एमओयूको मस्यौदामा आधारित भएर नेपालले पनि आफ्नो प्रस्ताव पठाउनेछ । केही चरणमा छलफल र मस्यौदा आदान प्रदान भएपछि सहमति जुटाएर मलेसिया मानव संशाधनमन्त्री नेपाल आउने योजना बनेको छ ।

 

मन्त्रीस्तरमा एमओयू भएपछि मात्र मलेसियामा नेपाली कामदार पठाउन सुरु गर्ने योजनामा श्रम मन्त्रालय छ । तर, यसले अझै कति समय लिन्छ भन्ने अनिश्चित छ ।
श्रम मन्त्रालयका अधिकारी भने छलफल तीव्र रुपमा अघि बढेकाले मलेसियासँगको समस्या छिट्टै समाधान हुनेमा आशावादी छन् ।

 

नेपाली कामदार लैजान मलेसिया आतुर देखिएको र नेपालले उठाएको समस्यालाई गम्भीर रुपले लिएकाले पनि धेरै लामो सयममा यो अन्योलको स्थिति बाँकी नहरने दावी उनीहरुको छ ।

 

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...