प्रमुख निर्वाचन आयुक्तको विभूषण खोसियो



हाम्रो इकोनोमि

 

 

सरकारले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवलाई दिएको प्रसिद्ध प्रवल जनसेवाश्री विभूषण खोसेको छ ।

 

गणतन्त्र दिवस २०७४ को अवसरमा घोषणा भएको विभूषणहरुमा यादवसँगै ८ जनालाई प्रसिद्ध प्रवल जनसेवाश्री दिइने उल्लेख थियो । १४ साउन २०७५ मा बसेको मन्त्रिपरिषद् बैठकले विभूषण पाउनेहरुको नाम र क्रम संशोधन गरेको छ ।

 

गृह मन्त्रालयको प्रस्तावमा यो संशोधन भएको हो । आफ्नो प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि गृह मन्त्रालयले २९ साउनमा विभूषण पाउनेहरुको सूची सार्वजनिक गरेको छ । तर, त्यसमा प्रमुख निर्वाचन आयुक्तको नाम छैन ।

 

प्रसिद्ध प्रवल जनसेवाश्री पाउनेहरुमा ७ जनाको मात्र नाम छ । जबकि घोषणा हुँदा प्रमुख निर्वाचन आयुक्त यादवको नाम ८ जना थिए र यादवको नाम पाँचौं नम्बरमा थियो ।

प्रमुख आयुक्त यादवले भने आश्चर्य प्रकट गरे । विभूषण पाउनेहरुको सूचीमा तपाईंको नाम त काटिएछ नि भन्ने प्रश्नमा उनले भने, ‘मेरो नाम त थियो । काटिएछ ?’

 

घोषणा हुँदा नाम भएको तर, अहिले काटिएकोबारे आफूलाई कुनै जानकारी नभएको यादवले बताए ।

 

विभुषण पाउनेहरुलाई भदौ १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले विभुषित गर्ने कार्यक्रम छ । यसका लागि १७ गतेभित्र प्रवेश पत्र लिन गृह मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...