प्रेमिकासँग माफी माग्न रातारात पागल प्रेमीले प्रेमिकाको नाममा लगाइदिए तीन सय होर्डिङबोर्ड



हाम्रो इकोनोमि

 

 

भारतको महाराष्ट्र पुणे नजिकै पिंपरी–चिंचवाडका एक युवकको निकै चर्चा भइरहेको छ । उनी आफ्नी प्रेमिकासँग यसरी माफी मागिरहेका छन् कि शहरका मानिसहरु जिल खाएका छन् ।

 

निलेश खेडेकरले आफ्नी प्रेमिकासँग माफी माग्नका लागि पिम्पले सौदागर, वाकड र रहतानीमा तीन सयवटा होर्डिङ बोर्ड लगाएका छन् । यसबारे मिडियामा जानकारी दिएपछि शहरमा अत्यधिक चर्चा भएको हो । यद्यपी, मनोवैज्ञानिकका अनुसार यो मानसिक गडबडी हो ।

 

विशेषज्ञका अनुसार यो मानिसहरुको ध्यान आकर्षित गर्नका लागि गरिएको हो । यसबारे सोसल मिडियामा समेत चर्चा भइरहेको छ । स्थानीय पुलिसका अनुसार प्रशासनले यसलाई गम्भीरतापूर्वक लिएको छ र यसको अनुसन्धान सुरु गरिएको छ ।

 

यसबारे अनुसन्धान गरिरहेको पुलिस इन्स्पेक्टर सतिश मानेले भने, ‘मराठी पत्रिका पधारीमा पहिलो पटक यसबारे समाचार प्रकाशित भयो । होर्डिङमा लेखिएको थियो, ‘शिभ्दे, मलाई माफ गर । म त्यस दिन छुट्टीमा थिएँ तब मैले अनुसन्धानको आदेश दिएँ । होर्डिङ बोर्ड कसले लगायो, ती व्यक्तिको खोजी गरियो । होर्डिङ बोर्डबाट ती व्यक्तिको नाम थाहा पाउन मुश्किल थियो । ’

 

सतिश माने भन्छन्, ‘हामीले सबै पसल र प्रेस प्रिन्टिङमा यसबारे सोधपुछ गर्यौं । यसै क्रममा आदित्य शिन्देले उक्त पोष्टर बनाएको भन्ने पत्ता लाग्यो, उनीमार्फत नै हामी निलेशसम्म पुग्यौं । उनकी प्रेमिका वाकड पुलिस स्टेशनको इलाकामा बस्छिन् । निलेशले आफ्नी प्रेमिकालाई मनाउनका लागि उक्त होर्डिङ बोर्ड लगाएको स्विकार गरे ।’

 

२५ वर्षका निलेश खेडकरले विभिन्न आकारका तीन सय होर्डिङ आफ्ना साथी आदित्य शिन्देको मद्दतले बनाएका थिए । गत शुक्रबार उनले होर्डिङ बोर्ड बनाए र पूरा इलाकामा विभिन्न स्थानमा लगाइदिए ।

 

सतिश माने भन्छन्, ‘मैले सबै सूचना नगरवालिकालाई दिएका छौं । अब नगरपालिकाको निर्देशनमा अर्को कदम उठाइनेछ ।’

को हुन् निलेश खेडकर ?

२५ वर्षका निलेश खेडकर एक सानोतिनो व्यवसाय गर्छन् र एमबीएको पढाई गरिरहेका छन् ।

 

यसबारे निलेश भन्छन्, ‘यो मामला अब अदालतमा विचाराधीन छ । त्यसकारण यसबारे कुनै पनि टिप्पणी गर्न सजिलो छैन । कानूनी प्रक्रिया पूरा भएपछि मात्र यसबारे कुरा गर्नेछु ।’

 

मनोवैज्ञानिक समस्या ?

 

आखिर निलेशले यस्तो किन गरे रु उनको मानसिक स्थिती कस्तो थियो रु बीबीसीले मनोवैज्ञानिक डा। रोजन्द्र बारवेसँग यसबारे प्रश्न सोध्दा उनले भने, ‘यो एक प्रकारको मानसिक गडबडी हो । आजका युवा वर्ग आफूले सोचेभन्दा भिन्न प्रतिक्रिया मन पराउँदैनौं । जुन उनीहरुलाई मनपरेको छ र हाँसिल नहुने छाँटकाँट देख्छन् भने यस्तै प्रतिक्रिया गर्छन् । ’

 

डा। बारवेका अनुसार आजका युवामाथि फिल्मको असर केही धेरै नै पर्छ । उनले भने, ‘युवालाई लाग्छ कि फिल्मी अन्दाजमा सबै कुरा गर्न सकिन्छ । उनीहरुलाई थाहा हुँदैन कि यसको असर के हुनेछ ।’

 

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...