१५ लाख लुटिएको भन्दै प्रहरी झुक्याउने पक्राउ



हाम्रो इकोनोमि

 

१५ लाख रुपैयाँ लुटिएको भन्दै प्रहरीलाई झुक्याउने एक व्यक्ति पक्राउ परेका छन् ।

 

स्वयम्भुको जंगलमा खुकुरी देखाएर १५ लाख लुटेको भनेर प्रहरीलाई झुटो जानकारी दिने अस्कर अलीलाई प्रहरीले पक्राउ गरेको हो ।

 

उनले भदौ ३ गते दिउँसो २ बजे न्युरोडको बज्रयोगिनी बहुउद्देश्यीय सहकारी संस्थाबाट १५ लाख रुपैयाँ झिकेर आफ्नो पसलतर्फ आउँदै गर्दा केही व्यक्तिले धारिलो हतियार देखाएर स्वयम्भुको जंगलमा लगेर लुटेको जानकारी प्रहरीलाई दिएका थिए ।

 

त्यसपछि महानगरीय प्रहरी वृत्त लैनचौर र महानगरीय प्रहरी परिसरको टोलीले अलीलाई सम्पर्क गरी अनुसन्धान गर्दा उनले उक्त रकम आफैले पकनाजोलस्थित राजेश श्रेष्ठको घरमा लुकाएको पाइएको प्रहरीले जनाएको छ ।

 

प्रहरीले अनुसन्धानका क्रममा अलीले उक्त रकम राजेश श्रेष्ठको घरको भर्‍याङमुनी लुकाएका थिए । उनले लुकाएको झोलामा १५ लाख ३१ हजार ८ सय रुपैयाँ र केही चिनियाँ युआन भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी मोहन थापाले जानकारी दिए ।

 

नाटकीय रुपमा पीडित बनेका अलीलाई पक्राउ गरी स्रोत नखुलेको उक्त रकमबारे अनुसन्धानका लागि लागी सम्पत्ति शुद्दिकरण अनुसन्धान विभाग पठाउने प्रहरीले बताएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...