पूर्वराजदूत झाको हत्याको यसरी हुँदैछ अनुसन्धान, पहिलो निशाना पत्नी र सुरक्षा गार्डमाथी



हाम्रो इकोनोमि

 

 

काठमाडौंको थापाथलीस्थित आफ्नै निवासमा हत्या गरिएका फ्रान्सका लागि पूर्वराजदूत केशव झाको प्रहरीले अनुसन्धान सुरु गरेको छ । झा हत्याको छानविन नेपाल प्रहरीले उनकै सुरक्षा गार्ड र पत्नीबाट थालेको छ ।

 

झाका सुरक्षा गार्ड सानु तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने पत्नीसँग सोधपुछ गरेको छ । घरमा झा, उनकी पत्नी र सुरक्षा गार्डमात्र थिए । झाका छोरा बुहारी शनिबार मात्रै विदेशतिर गएको प्रहरीले जनाएको छ । ८० बर्षिय झाको टाउको र घाँटीमा गहिरो चोट लागेको छ ।

उनको मृत्यु नभई हत्या भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । हत्या भएको निस्कर्ष निकालेपछि प्रहरीले सुरक्षा गार्ड र श्रीमतिबाट अनुसन्धान थालेको महानगरीय प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...