ट्याक्सी चालक हत्याका अभियुक्त नौ वर्षपछि पक्राउ



हाम्रो इकोनोमि

 

 

नौ वर्षअघि ट्याक्सी चालकको हत्या गर्ने अभियुक्तमध्येका एक जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । स्याङ्जाको गल्याङ नगरपालिका–१ ढाबखोलास्थित सिद्धार्थ राजमार्गमा हत्या गरी शव बाटोबाट तल फालेको अवस्थामा फेला परेको थियो ।

 

वडा प्रहरी कार्यालय वालिङले आज पत्रकार सम्मेलन गरी ट्याक्सी चालक पोखरा लेखनाथ महानगरपालिका–३० घर भई सोही महानगरपालिका–१७ मा डेरामा बस्ने १८ वर्षीय सुजन गुरुङको हत्या गर्ने कालीगण्डकी गाउँपालिका–५ बस्ने नेपाली सेनामा कार्यरत ३५ वर्षीय गोविन्द थापालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

 

विसं २०६६ चैत २९ गते राति १० बजे पोखराबाट स्याङ्जातर्फ आउँदै गरेको ग १ ज ३९६० नम्बरको कार रिजर्भ गरी आएको र भाडाका विषयमा विवाद हुँदा गोविन्द थापा र अर्का एक जनाले कार चालकको धारिलो हतियार प्रयोग गरी हत्या गरेको खुल्न आएको छ । प्रहरीले कर्तब्य ज्यान मुद्दाका अभियुक्त थापालाई वडा प्रहरी कार्यालय वालिङबाट खटिएको टोलीले साउन ११ गते तनहुँको डुम्रेबाट पक्राउ गरेको थियो ।

 

घटनाका बारेमा अनुसन्धान भइरहेको र फरार अर्को अभियुक्तको खोजीकार्य जारी रहेको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक शङ्करप्रसाद आचार्यले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...