गाउँले कुट्ने प्रहरी हवलदारको यसरी भयो जागिर चट्



हाम्रो इकोनोमि

 

जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत प्रहरी हवलदार सुरेन्द्रराम परियार निलम्बनमा परेका छन् ।

 

जिल्ला प्रहरी कार्यालयका सूचनना अधिकारी इन्सपेक्टर निरक चौलागाईँका अनुसार नयाँ मुलुकी ऐनविपरित नागरिकलाई कुटपिट गरेको अभियोगमा परियार निलम्बनमा परेका हुन् ।

 

इन्सपेक्टर चौलागाईँका अनुसार भदौ १ गते खाँडाचक्र नगरपालिका–१ निवासी गोविन्द दमाईलाई सामान्य विवादमा कुटपिट गरेको प्रहरी कार्यालयमा उजुरी परेपछि जिल्ला प्रहरी प्रमूख डिएसपी विनोद शर्माले परियारलाई निलम्वन गरेका हुन् ।

 

जिल्ला प्रहरी प्रमुख डिएसपी शर्माले नागरिकलाई सहयोग गर्ने प्रहरीले नै नागरिकमाथि अन्याय गरेकाले निलम्बन गरेको बताए । उनले गल्ती गर्ने कसैलाई पनि कानुनी कारवाहीको भागीदार बनाउने बताए ।

 

शर्माले जिल्लालाई सभ्य र सामाजिक सद्भावयुक्त बनाउन आफुले कुनै कसर बाँकी नराख्ने पनि बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...