एक थान एसएमजी र ३४ राउण्ड गोली सहित पक्राउ



हाम्रो इकोनोमि

 

 

नेपालगञ्ज उप–महानगरपालिका–१५ स्थित जमुना चेकपोष्टबाट जाजरकोटका अमृत विक हतियारसहित पक्राउ परेका छन् ।

 

जमुना चेकपोष्टमा खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा जाजरकोटको भेरी नगरपालिका–९ बस्ने २१ वर्षीय बिकको साथमा एसएमजी जस्तो देखिने १ थान एयर गन र सोही हतियारको ३४ राउण्ड गोली फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

चेकजाँचका क्रममा सोही ठाउँ बस्ने १६ बर्षिय दिपक विकको साथमा फलामको चेन फेला परेको बताइएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

 

यसैबीच, रुपन्देहीको बुटवल उप–महानगरपालिका–२ तल्लो फुलबारीस्थित जंगलमा २४ वर्षीय महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा देविलाल खनाललाई प्रहरीले पक्राउ गरेको छ । देबदह नगरपालिका–३ बसन्तपुर बस्दै आएका ३७ वर्षीय खनालबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...