पशुपति परिसरमा बेन्चमा बस्दा करेन्ट लागेर ज्यान गयो



हाम्रो इकोनोमि

 

 

पशुपति क्षेत्र विकास कोषको लापरवाहीले एक व्यक्तिको मृत्यु भएको छ । शनिबार राति ८ बजेको समयमा काम सकेर पशुपति क्षेत्रस्थित बेञ्च आराम गर्न बसेका काठमाडौं महागरनगरपालिका(७ का ४४ वर्षीय पुष्प गन्धर्वको करेन्ट लागेर मृत्यु भएको हो ।

 

पशुपति क्षेत्रभित्र रहेको स्टिलको बेञ्चमा जोडिएको विद्युतीय तारबाट करेन्ट लागेर उनको मृत्यु भएको महानगरीय प्रहरी वृत गौशालाले जनाएको छ। गाइडको काम गर्ने गन्धर्व काम सकेर आराम गर्न बसेको बेला करेन्ट लागेर मृत्यु भएको उनका छोरा राजेश गन्धर्वले बताए ।

 

कोषले जथाभावी करेन्ट जोडेर लापरवाही गरी गन्धर्वको मृत्यु भएको भन्दै स्थानीयले जयवागेश्वरी क्षेत्रमा विरोध प्रर्दशन गरी केही समय सडक अवरोध समेत गरेका छन् ।

 

परिवार तथा आफन्तले कोषको लापरवाहीले गन्धर्वको ज्यान गएको आरोप लगाएका छन् । उनीहरुले दोषीलाई कारवाही र क्षतिपूर्तिको समेत माग गरेका छन् । पीडितपक्षले प्रहरी वृत्त गौशालामा कोषविरुद्ध उजुरीसमेत दर्ता गराएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...