बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार एक युवकको मृत्यु



हाम्रो इकोनोमि

 

 

वीपी राजमार्ग अन्तर्गत बस र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार युकको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन् ।

 

महोत्तरीको बर्दिवास नगरपालिका ३ मा बस र मोटरसाइकल ठोक्किदा सिन्धुलीबाट बर्दिवासतर्फ आउँदै गरेको ज ११ प ५५४५ नम्बरको मोटरसाइकल र बर्दिवासबाट सिन्धुलीतर्फ जादै गरेको ना ४ ख ९९९९ नम्बरको बस ठोक्किदा मोटरसाइकलमा सवार व्यक्तिको मृत्यु भएको हो ।

 

मत्यृ हुनेमा बर्दिवास नगरपालिका–३ का ३० वर्षका नेत्रबहादुर स्माइलीमगर रहेका छन् । मगरको घटना स्थलमै मृत्यु भएको र घाइतेको बर्दिवासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

 

तीव्र गतिका कारण मोटरसाइकल बससँग ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...