सुरक्षा गार्डको हत्या, आँखा निकालेको अवस्थामा खाटमुनि भेटियो शव



हाम्रो इकोनोमि

 

 

मोरङको विराटनगरस्थित एक हार्डवेयर पसलमा कार्यरत सुरक्षा गार्डको हत्या भएको छ ।

 

विराटनगरको विराट नर्सिङ होम नजिकैको न्यू बिक्की हार्डवेयरमा काम गर्दै आएका ५० वर्षीय टंक भट्टराई आज (आइतबार) बिहान हत्या गरिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

 

विराटनरग–४ पिपलचोक घर भएका भट्टराई राति हार्डवेयर पसलमा रहेको सुरक्षागार्ड सुत्ने कोठामा सुतेका थिए । आइतबार बिहान ९ः४५ हार्डवेयरका कामदारले ढोका खोल्दा भट्टराई सुत्ने कोठाको खाटमुनि शव देखेपछि प्रहरीलाई खबर गरेको जनाइएको छ । शव सिरानीले मुख थुनेको अवस्थामा फेला परेको उनीहरुले बताएका छन् ।

 

हत्या गरिएका भट्टराईको अनुहार र शरीरका विभिन्न भागमा चोट देखिएको छ । उनको देब्रे आँखा निकालिएको छ । घटनास्थलमा खटिएका मोरङ प्रहरी प्रवक्ता डीएसपी निशान थापाले घटना हत्या नै भएको बताएका छन् । माथि राखिएको इन्भरटर तल खसेको बाहेक घटनास्थलमा अन्य कुनै सामान चलाइएको छैन । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी थापाले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...