कुलमान घिसिङको घोषणा, ‘अब अध्यारो युगको अन्त्य भो ’



हाम्रो इकोनोमि

 

 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देश अब उर्जामा आत्मनिर्भर बन्ने बाटोमा गएको बताएका छन् । अब देशले कहिल्यै पनि अध्यारोको सहन नपर्ने उनको दाबी छ ।

 

विद्युत प्राधिकरणको ३३औँ वाषिकोत्सवका बोल्दै घिसिङलेसबैको सहकार्य र सक्रियताले नै प्राधिकरणलाई नाफामा लैजान सकिएको बताए । घिसिङले प्राधिकरणको वार्षीक प्रगति विवरण पेश गर्दै यसको सेवालाई भरपर्दो, गुणस्तरीय र सर्वसुलभ बनाउनु प्राधिकरणको मुख्य चुनौति रहेको बताए ।

 

उनले विद्युतको नियमित आपूर्ति र चुहावट नियन्त्रण नै एक वर्षको मुख्य अभियान भएको पनि जानकारी दिए । प्राधिकरणले यस वर्ष एक अर्ब एक करोड कुद मुनाफा आर्जन गर्न सफल भएको छ । प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले नियमित विद्युत आपूर्ति र चुहावट नियन्त्रणका कारण प्राधिकरणले सो मुनाफा आर्जन गर्न सफल भएको पनि स्पष्ट पारे ।

 

‘तीन वर्षभित्र १२ सय मेगावाट विद्युत् थपिन्छ’

 

उनले दुईदेखि तीन वर्ष्भित्र १२०० मेगावाट थप विद्युत् उत्पादन बताए । माथिल्लो तामाकोशी सहितका निजी क्षेत्रका परियोजनाहरू सम्पन्न हुने क्रममा रहेकाले यो आर्थिक वर्ष्भित्रै ६०० मेगावाट विद्युत् प्रणालीमा थपिने उनको भनाई छ ।

 

कार्यकारी निर्देशक घिसिङले लोडसेडिङ अन्त्यमा सफलता मिलेको भन्दै प्रणाली सञ्चालनको सुधार तथा स्तरोन्नति र चुहावट नियन्त्रणमा आफ्नो ध्यान केन्द्रित गर्ने बताए । अहिले विद्युत् प्रणालीको २०।४५ प्रतिशत चुहावट छ । यो अघिल्लो वर्ष २२।९ प्रतिशत थियो ।

 

कार्यकारी निर्देशक घिसिङले एकाध वर्षभित्र विद्युत् आपूर्ति ह्वात्तै बढ्ने बताए । अहिले निजी क्षेत्रको २३५६ मेगावाटका १०७ वटा आयोजना निर्माणाधीन छन् । यी आयोजनाहरूले पाँच वर्षभित्रै निर्माण सम्पन्न हुने अनुमान छ ।

 

त्यस्तै, निजी क्षेत्रका १६५९ मेगावाटका ७४ आयोजना निर्माणका विभिन्न चरणमा छन् । विद्युत् प्राधिकरणले ४५२८ मेगावाट विद्युत् उत्पादन गर्ने २५६ परियोजनासँग विद्युत् खरीद बिक्री सम्झौता गरिसकेको छ । प्राधिकरणका सहायक कम्पनीहरूले निर्माण गरिरहेका परियोजनाहरू पनि सकिने क्रममा छन् ।

 

नेपाल विद्युत् प्राधिकरणको ग्राहक संख्या हाल ३५ लाख ५० हजार पुगेको छ । देशभरिका ७० प्रतिशत जनता राष्ट्रिय प्रसारण लाइनको पहुँचमा जोडिएको घिसिङले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
संवेदनशील विषयमा ‘लफङ्गो’ पाराले बोल्नु हुदैन : गगन थापा

     नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका मन्त्रीहरूले संवेदनशील विषयमा बेला बेलामा...

प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ

    प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्...

प्रेस स्वतन्त्रता हनन हुदैन : सञ्चारमन्त्री

    सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने...

ब्लु बसभन्दा व्यवस्थापन र गुणस्तरमा सुधार गरियोस् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सरकारले सञ्चालनमा ल्याउन लागेको ब्लु बसको...