जुम्ल्याहा शिशुको हत्या गरेर भागेकी आमा पक्राउ



हाम्रो इकोनोमि

 

जुम्ल्याहा शिशुलाई शौचालयको खाडलमा हालेर फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ। ताप्लेजुङको पाथिभरा याङबरक-२ की कमला बिक सुनसरीको इटहरीबाट पक्राउ परेकी हुन्।

 

 

इटहरीबाट धरान जाँदै गर्दा इलाका प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गरेको हो। डीएसपी शिवकुमार श्रेष्ठका अनुसार पक्राउ परेकी उनलाई अड्डासार गरेर ताप्लेजुङ पठाइएको छ।

 

जुम्ल्याहाा छोरीलाई शौचालयको खाडलमा हालेर फरार भएपछि एक छोरीको शौचालयमै र अर्कीको उपचारका क्रममा मृत्यु भएको थियो।

 

कमला एवर्षदेखि छोरीसँगै माइत बस्दै आएकी थिइन्। स्थानीयले शौचालयबाट उद्धार गरेकी एक छोरीको बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको थियो। अर्को शव भने स्थानीयले शौचालयमै भेट्टाएका थिए।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...