आफ्नै प्रेमिकालाई खुकुरी र भाला रोप्ने प्रेमी यसरी परे प्रहरीको फन्दामा



हाम्रो इकोनोमि

 

मोरङको ग्रामथान गाँउपालिका ५ तेतरियास्थित सिद्राहामा एक युवाले प्रेमिकाले धोका दिएको भन्दै खुकुरी र छुरा प्रहार गरी हत्या गरेका छन ।

 

शुक्रबार बिहान अन्दाजी ९:३० बजे पहेँलो रंगको को १७ प १७२३ नम्बरको स्कुटर चढेर आएका बिराटनगर १३ का ३० बर्षिय दिनेश भट्टराईले सोही स्थानकी २३ बर्षिया सिता घिमिरेलाई छाती,घाँटी लगायतका स्थानमा अन्धाधुन्द खुकुरी र छुरा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको छ ।

 

घटनास्थलमा पुगेको प्रहरी टोलीका अनुसार अनुसार उनीहरु प्रेमीप्रेमिका रहेको र प्रेममा धोका भएपछि उनको हत्या भएको प्रारम्भिक जानकारी आएको बताएका छन युवतीको शरिर क्षतबिक्षत पारेर भाग्ने क्रममा स्थानीयले ति युवालाई पक्राउ गरी प्रहरीलाई खबर गरेका थिए ।

 

ति युवालाई ईलाका प्रहरी कार्यलय बेलबारीले नियन्त्रणमा लिएको छ । उनले आफुमाथि धोका भएको र उनको हत्या गर्ने योजना बनाएको प्रारम्भिक बयान दिएका छन

 

यसै गरी मुगुको छाँयानाथ रारा नगरपालिका -१ ठिनी गाउँमा सडक खन्ने क्रममा चोट लागेर एकजना मजदुरको मृत्यु भएको छ।

ग्रामीण पहुँच कार्यक्रमअन्र्तगत गमगढी धैन धुलाचौर सडक खण्डअन्र्तगत सदरमुकाम गमगढीस्थित छायानाथ रारा नगरपालिका-१ ठिनी क्षेत्रमा सडक निर्माणका क्रममा कालिकोट, चंचल झर्ना गाउँपालिका- ६ का २५ वर्षीय पदम बुढाको चोट लागेर मृत्यु भएको हो।

 

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सडकमा काम गर्ने क्रममा बिहीबार अपरान्ह सावेल पेटमा लागेर गम्भीर चोट लागेका बुढालाई तत्काल जिल्ला अस्पताल पुर्‍याइएको थियो।

 

उपचारका क्रममा शुक्रबार बिहान बुढाको मृत्यु भएको प्रहरी जनाएको छ।मृतक बुढाको शव जिल्ला अस्पतालमा राखिएको र पोष्टमार्टम पछि आफन्तलाई बुझाइने जिल्ला प्रहरी कार्यालयलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...