अब वैदेशिक रोजगारीमा गएकाको पनि सञ्चयकोष



हाम्रो इकोनोमि

 

सरकारी कर्मचारीहरुको सञ्चय कोषको कुरा त हामी सबैलाई थाहा भएकै कुरा हो । अब रोजगारीका लागि विदेश गएकाहरुको लागि समेत सञ्चय कोषको व्यवस्था हुने भएको छ ।

 

सरकारले कामका लागि विदेश जाने कामदारका लागि सञ्चय कोषको व्यवस्था गर्ने तयारी थालेको छ । युवा अवस्थामा विदेशिने तर, स्वदेश फर्केपछि रकम अभावकै कारण जीविकोपार्जनमै समस्या आउने अवस्था देखिएपछि सञ्चय कोषको व्यवस्था गर्ने तयारी थालिएको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बताएका छन् ।

द्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै विष्टले यसका लागि समाजिक सुरक्षा कोषलाई परिचालन गरिने जानकारी दिएका छन् । सञ्चयकोष व्यवस्था गर्न मन्त्रालयले कर्मचारी सञ्चयकोष, नेपाल राष्ट्र बैंक र मन्त्रालयका अधिकारी सम्मिलित कार्यदल गठन गरेको छ । कार्यदलको सुझाव प्राप्त भएपछि सोहीअनुरुप कार्यक्रम ल्याइने उनले बताएका छन् ।

 

श्रमिकले गरेको न्यूनतम योगदानको कोषबाट सरकारले लाभदायक परियोजनामा लगानी गराएर श्रमिकको आयको स्रोत बढाई दिने योजना ल्याउने उनले दावी गरेका छन् । मन्त्रालयले विदेशिने कामदारका सन्दर्भमा रहेका कानुनी तथा प्राविधिक समस्याबारे पनि अध्ययन् गरिरहेको छ ।

विदेशमा कमाएको तलबबाट न्यूनतम रकम सञ्चय कोष वा अन्य कोषमा जम्मा गर्ने र त्यहाँबाट आउने ब्याजबाट कामदारका नेपालस्थित परिवारलाई सामाजिक सुरक्ष दिन सकिने योजना बनाइने विष्टले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...