नुवाकोट बस दुर्घटना, एकको मृत्यु, ५८ घाइते



हाम्रो इकोनोमि

 

 

नुवाकोटको विदुरमा बुधबार बिहान भएको बस दुर्घटनामा घाइते भएकाहरु मध्ये एक जनाको मृत्यु भएको छ । विदुर नगरपालिका–७ तुप्चेकी ५६ वर्षीया मोतिमाया तामाङको ग्राण्डी अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

म्यागङ गाउँपालिका– २ बुङताङबाट काठमाडौंको लागि छुटेको बा। २ ख २८०४ नम्बरको बस विदुर नगरपालिका–९ लामाटारमा दुर्घटना हुँदा ५९ जना घाइते भएका थिए ।

 

दुर्घटनाको अन्तिम विवरण सार्वजनिक गर्दै प्रहरीले एक जनाको उपचारको क्रममा मृत्यु र ५८ जना घाइते भएको जनाएको छ । यस अघि प्रहरीले ४० जना घाइते भनेर सार्वजनिक गरेको थियो । घाइते मध्ये ९ जनालाई उपचारको लागि काठमाडौं लगिएको थियो ।

 

गम्भीर अवस्थाका म्यागङ गाउँपालिकाका ५६ वर्षीय प्रेमसिह तामाङ, ५७ वर्षीया होमबहादुर तामाङ, २० वर्षीया दिवामाया तामाङ, ७५ वर्षीया छिरिङ तामाङ, ५६ वर्षीय पूर्वबहादुर लामा तामाङ, वीरबहादुर विक, उत्तम तामाङ, ४० वर्षीया मंगलीमाया तामाङको राजधानीका ग्रीनसिटी र ग्राण्डी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

 

अन्य घाइतेहरुको त्रिशूली अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । मिनिट्रकलाई साइड दिनेक्रममा सडकको ढिल भासिएर दुर्घटना हुँदा बस ४० मिटर तल कोदोबारीमा पुगेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...