नुवाकोट बस दुर्घटना, एकको मृत्यु, ५८ घाइते



हाम्रो इकोनोमि

 

 

नुवाकोटको विदुरमा बुधबार बिहान भएको बस दुर्घटनामा घाइते भएकाहरु मध्ये एक जनाको मृत्यु भएको छ । विदुर नगरपालिका–७ तुप्चेकी ५६ वर्षीया मोतिमाया तामाङको ग्राण्डी अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

म्यागङ गाउँपालिका– २ बुङताङबाट काठमाडौंको लागि छुटेको बा। २ ख २८०४ नम्बरको बस विदुर नगरपालिका–९ लामाटारमा दुर्घटना हुँदा ५९ जना घाइते भएका थिए ।

 

दुर्घटनाको अन्तिम विवरण सार्वजनिक गर्दै प्रहरीले एक जनाको उपचारको क्रममा मृत्यु र ५८ जना घाइते भएको जनाएको छ । यस अघि प्रहरीले ४० जना घाइते भनेर सार्वजनिक गरेको थियो । घाइते मध्ये ९ जनालाई उपचारको लागि काठमाडौं लगिएको थियो ।

 

गम्भीर अवस्थाका म्यागङ गाउँपालिकाका ५६ वर्षीय प्रेमसिह तामाङ, ५७ वर्षीया होमबहादुर तामाङ, २० वर्षीया दिवामाया तामाङ, ७५ वर्षीया छिरिङ तामाङ, ५६ वर्षीय पूर्वबहादुर लामा तामाङ, वीरबहादुर विक, उत्तम तामाङ, ४० वर्षीया मंगलीमाया तामाङको राजधानीका ग्रीनसिटी र ग्राण्डी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

 

अन्य घाइतेहरुको त्रिशूली अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । मिनिट्रकलाई साइड दिनेक्रममा सडकको ढिल भासिएर दुर्घटना हुँदा बस ४० मिटर तल कोदोबारीमा पुगेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...