अरुण नदीले पार गर्यो खतराको तह, ६० हजार परिवार धरापमा, सचेत रहन आग्रह



हाम्रो इकोनोमि

 

 

आइतबारदेखि काठमाडौँ उपत्यका लगायत अन्य जिल्लामा निरन्तर वर्षा भइरहको छ । वर्षाका कारण खोला नदीमा आएको बाढी घरमा पसि जनजीवन नै अस्तव्यस्त पारेको छ त कतै पहिरो निम्त्याएको छ । कतिको ज्यान समेत लिएको छ ।

 

अविरल वर्षाका कारण अरुण नदीले खतराको तह पार गरेको छ ।

 

पूर्वी क्षेत्रमा बग्ने अरुण नदीले खतराको तह पार गरेपछि बाढी पूर्वानुमान शाखाले त्यस आसपासका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।

 

अरुण नदिमा पानीको सतह ११ मिटर पुगेपछि खतराको संकेत दिने गरिएको बताइएको छ । त्यस क्षेत्रमा करिब ६० हजार बासिन्दा रहेका छन् ।

 

बाढीको बहावले खतराको तह पार गरेको जनाउँदै शाखाले एसएमएमार्फत् नदी आसपासका बासिन्दालाई सर्तक रहन आग्रह गरेको हो ।

 

त्यस्तै काठमाडौँ उपत्यकाका केही ठाउँ तथा देशका अरु केही ठाउँमा बिहान घाम लागेजस्तो भएपनि दिनभरको मौसम प्रायः बदलीको अवस्थामा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

बदली भए पनि पानी पर्ने सम्भावना भने केही ठाउँमा मात्रै छ ।

 

देशका केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविदको भनाई छ । तर राति भने मध्य र पश्चिमका एक–दुई ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना छ । बिहीबारदेखि भने मौसममा केही सुधार हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...