नुवाकोटको बिदुरमा बस दुर्घटना, नौ जना घाइते



हाम्रो इकोनोमि

 

नुवाकोटको बिदुर नगरपालिका (९ लामाटारमा यात्रु बाहक बस दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको नगर प्रहरी कार्यालय कोलनी नुवाकोटले जनाएको छ ।

 

बुधबार बिहान १० बजे ५० जना यात्रु बोकेर त्रिशुली तर्फ आउँदै गरेको पासाङ लामु यातयातको बा।२ ख।२८०४ नं।को यात्रुबहाक बस सडक देखि ४० मिटर तल खसेको हो । उक्त स्थानमा नगर प्रहरी कार्यालय कोलनीबाट ४ जना र जिल्ला प्रहरी कार्यालयबाट १० जनाको टोली उद्धारका लागि खटाइएको थियो । घाइतेहरुको त्रिशुली हस्पिटलमा उपचार भइरहेको छ ।

 

घाइते हुनेहरुमा नुवाकोट देउराली बस्ने वर्ष ६० वर्षीय प्रेम सिङ तामाङ , सोही स्थानका ५९ वर्षीय ज्ञानबहादुर तामाङ, ६१ वर्षीय चोकनी तामाङ, २८ वर्षीय टिकामाया तामाङ, ३ वर्षीय ईसाइन तामाङ, २८ वर्षीय रिजम तामाङ, ५८ वर्षीय होमबहादुर तामाङ, २१ वर्षीया रिता तामाङ र ६० वर्षीय लेसांङ तामाङ रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...