हिमानी ब्याङ्ककमा घुम्न व्यस्त पारश खप्तडमा ध्यानमा मस्त



हाम्रो इकोनोमि

 

 

पूर्व युवराज पारश शाह अर्को महिना खप्तडतर्फ लाग्ने भएका छन्। खप्तड प्रसिद्ध पर्यटकीय स्थल भएपनि घुम्नका लागि नभई ध्यानका लागि शाह त्यसतर्फ जान लागेका हुन्।

 

निर्मल निवास स्रोतका अनुसार, पारश आफ्ना सहयोगीहरुसहित १० भदौमा खप्तडका लागि काठमाडौँ छाड्नेछन्। र, केही हप्ता त्यहीँ बिताउनेछन्।

 

पारशका साथमा पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिँहका छोरा प्रभञ्जनबहादुर सिँह लगायत हुनेछन्। सन्यासी जीवन बिताइरहेका प्रभञ्जन आजकल योगी व्याघ्र वेदनाथका नामले चिनिन्छन्।

 

उता आमा रत्न शाहको जन्म दिन मनाउन पूर्व युवराज ज्ञानेन्द्र २ भदौमा ब्याङ्ककबाट काठमाडौँ फर्कनेछन्। तर, उनको ब्याङ्ककमा रहेका राजपरिवारका अन्य सदस्य फर्कने(नफर्कने चाहिँ यकिन हुन सकेको छैन।

 

बिगत दुई हप्तादेखि पूर्व राजपरिवारका अधिकांस सदस्य थाइल्याण्डमा नै छन्। पूर्व राजा शाह १५ साउनमा त्यसतर्फ प्रस्थान गरेका थिए। बुहारी हिमानी चाहिँ दुई छोरी पूर्णिका र कृतिका साथ अघिल्लो दिन नै ब्याङ्कक गएकी थिइन्।

 

४ भदौमा रत्नको जन्मदिन मनाएर उनी फेरि ब्याङ्कक फर्कने योजनामा रहेको स्रोतले बतायो। स्रोतका भनाईमा, उनी ६ भदौमा ब्याङ्कक फर्कनेछन्। लगत्तै १० भदौमा पारशपनि आफ्ना सहयोगीहरुका साथ खप्तडतर्फ लाग्नेछन्।

 

पछिल्लो समय पारशको रुचिपनि धर्मकर्ममा देखिन थालेको छ। यसका अलावा उनले नेपालको इतिहासको पनि अध्ययन थालेका छन्। केही महिना अघि उनी सहित राजपरिवारका युवा तथा किशोर सदस्यहरु पशुपतिमा पृथ्वीनारायण शाह र नेपाल एकिकरण सम्बन्धी प्रबचन सुनेका थिए।

 

पूर्व युवराज पारश खप्तडमा गएर ध्यान गरिरहँदा पत्नी हिमानी सहित राजपरिवारका अन्य सदस्यहरु भने थाइल्याण्ड लगायतका मुलुकमा शयर गरिरहेका हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस
ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...

सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन

    सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...

नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...