गुडिरहेको यात्रु बसमा पेट्रोल बम प्रहार, एकजना घाइते



हाम्रो इकोनोमि

 

रुपन्देहीको तिलोत्तमा नगरपालिका(१५ पथ्थरडाँडा स्थित यात्रुवाहक बसमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ ।

 

पोखराबाट भैरहवा आउँदै गरेको लु १ ख ६६२१ नम्बरको यात्रुवहाक बसमा पेट्रोल बम प्रहार गरिएको प्रहरीले जनाएको छ ।

 

पेट्रोल बम प्रहार गरिएपछि बसमा सवार यात्रु रेशमबहादुर थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी कुमोद ढुंगेलले जानकारी दिए । प्रहरीले बम प्रहार गर्ने समूहको खोजीकार्य गरिरहेको जनाएको छ ।

 

विप्लव माओवादीले आह्वान गरेको बन्दका कारण रुपन्देहीको जनजिवन प्रभावित भएको छ । बन्दका कारण सिद्धार्थ राजमार्ग र हुलाकी मार्गमा सवारीसाधनका साधन चलेका छैनन् । मोटरसाइकल र साना सवारीहरु समान्य रुपमा चलेका छन् ।

 

भैरहवाबाट छुट्ने लामो र छोटो दुरीका बस भैरहवा बसपार्कमै थन्किएका छन् । शिक्षण संस्था, उद्योग, कलकारखाना, बजार, बैंक वित्तिय संस्था लगायत सबै बन्द छन् । बन्दका कारण भारतबाट आउने नेपालीहरु सीमानाका बेलहियामा अलपत्र परेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...