खानेपानीको ट्याङ्कीमा अज्ञात समूहले हाल्दिए विष, १३ विद्यार्थी बिरामी



हाम्रो इकोनोमि

 

लेटाङ नगरपालिका–९ स्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात समूहले विष हालेको पानी पिएर आज बिहान १३ विद्यार्थी बिरामी परेका छन् ।

ट्याङ्कीमा साइपर मेथिन नामक औषधि हालिएको प्रधानाध्यापक खेमराज दुलालले बताउनुभयो । बिरामी विद्यार्थीको पथरीशनिश्चरेस्थित पथरी अस्पताल र उर्लाबारीस्थित मङ्गलबारे अस्पतालमा उपचार भइरहेको छ । बिहान ११ बजे विद्यार्थीले सो ट्याङ्कीको पानी पिउने क्रममा गन्ध आएपछि शिक्षकलाई खबर गरेका थिए ।

 

खानेपानी ट्याङ्कीको नजीकै साइपर मेथिन नामक औषधिको बट्टा भेटिएको र त्यो कसले हाल्यो भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक युवराज खतिवडाले जानकारी दिनुभयो ।

घटनापछि विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । सो विद्यालयमा कक्षा १ देखि १२ सम्मका ४९१ विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...