मोटरसाइकल दुर्घटनामा प्रअको मृत्यु



हाम्रो इकोनोमि

 

धनुषाको मिथिला नगरपालिका वडा नं. ४ पुष्पवलपुरमा गएराति मोटरसाइकल दुर्घटनामा परि घटना स्थलमै एक जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ आइरहेको ज.१०.प. ०१ नम्बरको मोटरसाइकलमा सवार यसै जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरस्थित श्री जनज्योति बोर्डिङ्ग स्कुलका प्रअ प्रेमचन्द्र यादव कुसियतको दुर्घटनामा परि मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय ढल्केवरले दिएको जानकारी अनुसार राति करिब ९ बजे मोटरसाइक अनियन्त्रि भएर दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइक उछिट्टिएर नाम ठेगाना खुल्न नसकेका एक पैदल यात्री समेत घाइते भएको छ ।

पैदल यात्री डाक बम रहेको उनी सिरहाको उत्तराहिनीबाट जल बोकी महोत्तरीको टुटेश्वरनाम मन्दिरमा जल चढाउन गइरहेको थिए ।

घाइते डाक बमलाई राति नै स्थानीय स्वास्थ्य उपचार केन्द्र प्राथमिक उपचार पश्चात थप उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । डाक बमको समाचार तयार गर्दा समयसम्म होस खुल्न सकेको थिएन ।

मृतक प्रअ कुसियतको लाशलाई पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।

यता, निजी विद्यालयहरुको संगठन प्यावसन, एन प्यावसन र मधेश प्यावसनले मृतक प्रअ कुसियतको शोकमा आज सोमबार जिल्लाका सबै निजी विद्यालय बन्द गर्न आह्वान गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...