विदेशबाट पढेर आएका ७६ प्रतिशत ‘डाक्टर फेल’, नेपालमै पढेका अब्बल



हाम्रो इकोनोमि

 

ठानिन्छ- डाक्टरहरू पढाइमा तगडा हुन्छन्। तर, लाखौं तिरेर पढेका तिनै डाक्टरमध्ये ‘लाइसेन्स’ परीक्षामा ७६ प्रतिशत फेल भएका छन्। तिनले चिकित्सासम्बन्धी काम गर्न पाउने छैनन्। डा. गोविन्द केसी चिकित्सा शिक्षाको गुणस्तरलाई लिएर पटक-पटक आमरण अनशन बस्छन्। एमबीबीएस पास गरेका विद्यार्थीको हालतले त्यसलाई चरितार्थ गरेको छ।

 

नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा २४ प्रतिशत मात्र पास भएका हुन्। काउन्सिलको परीक्षामा सात सय ७६ जना एमबीबीएस अध्ययन सकेका विद्यार्थी सहभागी थिए। नौ जना परीक्षार्थी फाराम भरेपनि परीक्षामा अनुपस्थित थिए।

 

कुल परिक्षार्थीमध्ये १ सय ८९ जनामात्र उत्तीर्ण भएको काउन्सिल सदस्य एवं प्रवक्ता डा. कृष्ण अधिकारीले जानकारी दिए। असफल हुने परीक्षार्थी स्वदेश र विदेशमध्ये कुन ठाउँ र कलेजमा अध्ययन गरेका हुन् भन्ने छुट्याई नसकिएको अधिकारीले बताए।

 

वर्षमा तीन पटक लिइने परीक्षामा यसपटक सबैभन्दा धेरै असफल भएको काउन्सिलले जनाएको छ। गत वर्ष मंसिरमा लिएको परीक्षामा ३९ प्रतिशत परिक्षार्थी असफल भएका थिए। काउन्सिल सदस्यसमेत रहेका नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष प्राध्यापक डा. ढुण्डीराज पौडेलले लाखौं खर्च गरेर पढेका विद्यार्थी लाइसेन्सिङ परीक्षामा असफल भएको देख्दा आफूलाई चिन्ता लागेको बताए। उनले भने, ‘विद्यार्थीहरूमा फ्रस्टेसन आउने र गलत बाटोतिर लागेर अप्रिय घटना हुन सक्ने डर उत्पन्न भएको छ। यसमा सबै पक्ष गम्भीर हुनु पर्ने देखियो।’

 

यसअघिका परीक्षामा समेत असफल भएका विद्यार्थीको संख्या धेरै भएकाले अनुत्तीर्ण भएको काउन्सिल पदाधिकारी बताउँछन्। ‘यस्तो नतिजा आउनुमा पढाउने शिक्षक, कलेजको वातावरणलगायत विभिन्न पक्ष जिम्मेवार छन’, डा. अधिकारीले भने। उनले वर्षभरि तीनपटकको उत्तीर्ण औसतदर ६० देखि ७० प्रतिशत हुने गरेको बताए।

 

एमबीबीएस कोर्स सक्न विद्यार्थीलाई ६ वर्ष लाग्छ। ६ वर्षअघि एमबीबीएस अध्ययन गर्न काउन्सिलको प्रवेश परीक्षा उत्तीर्ण गर्नु पर्ने व्यवस्था थिएन। २०७२ सालमा सरकारले स्वेदश र विदेशमा एमबीबीएस अध्ययन गर्नका लागि प्रवेश परीक्षा दिनुपर्ने र काउन्सिलबाट अध्ययन अनुमतिपत्र अनिवार्य चाहिने प्रावधान थपेको हो।

 

त्यसयता एमबीबीएसका लागि बाहिर जाने विद्यार्थी संख्या घटेको छ। काउन्सिल अध्यक्ष प्राध्यापक डा. धर्मकान्त बास्कोटा भन्छन्, ‘योग्य र मेधावी विद्यार्थीले मात्र एमबीबीएस पढ्ने भएकाले आउँदो चार वर्षपछि लाइसेन्सिङ परीक्षामा अपेक्षाअनुरूप नतिजा हुने विश्वास लिएका छौं।’

 

डा. पौडेलले परीक्षार्थी फेल भए पनि काउन्सिलले परीक्षाको स्तरीयतामा सम्झौता गर्न नहुने बताए।‘विद्यार्थी, शिक्षक र अभिभावकलाई काउन्सिलिङ गर्नु पर्ने खाँचो छ’, उनले भने, ‘विशेष प्याकेज ल्याउनु पर्छ तर परीक्षाको स्तरीयतामा सम्झौता गर्नु हुँदैन।’

 

बीडीएसको औसत नतिजा

त्यस्तै ब्याचलर इन डेन्टल (बीडीएस)तर्फको नतिजा औसत रहेको छ। काउन्सिल प्रवक्ता डा. अधिकारीले एमबीबीएसभन्दा बीडीएस परीक्षा तुलनात्मक राम्रो भएको जानकारी दिए।

 

बीडीएसमा ५७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। बीडीएसमा १ सय २७ जनाले चिकित्सक दर्ता प्रमाणपत्रका लागि परीक्षा दिएकामा ७३ जना उत्तीर्ण भएका थिए।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...