पाल्पामा जिप दुर्घटनामा परी एकको मृत्यु, चार घाइते



हाम्रो इकोनोमि

 

पाल्पाको तानसेन बजारमा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

 

चार जना घाइते भएका छन् । जिपको ठक्करबाट बगनासकाली गाउँपालिका, ३ नायरनम्तलेसका ११ महिने बालक निसान बस्यालको मृत्यु भएको हो । ज १ च ६७८४ नम्बरको जिपले हुलाक मोडबाट बसपार्क जाने ओरालोमा ठक्कर दिएको हो ।

 

तानसेन नगरपालिका, २ बडिज्ञानटोलका चार पैदलयात्रु घाइते भएका छन् । जिपको ठम्करबाट बगनासकाली गाउँपालिका, ३ नायरनम्तलेसका ५ वर्षीय निसान बस्याल, २६ वर्षीया लक्ष्मी बस्याल, नवलपरासी सुनवलका ५२ वर्षीय रामजी चौधरी, तानसेन, ६ की ४८ वर्षीया कमला पाण्डे भाइते भएको प्रहरीले जनाएको छ ।

 

ओरालोमा ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । चालक रैनादेवी छहरा, ४ का कमलबहादुर खत्री प्रहरीको नियन्त्रण रहेका छन् । घाइते सबैको युनाईटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । जिपको ठक्करबाट छ वटा मोटरसाइकल र स्कुटीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...