कोटेश्वरको जाम घटाउन यस्तो छ विकल्प, अब जाममा नपर्ने



हाम्रो इकोनोमि

 

 

 

लोकन्थलीदेखि जडीबुटी हुँदै कोटेश्वरसम्मको सडकमा दैनिक हुने सवारी साधनको चाप घटाउन वैकल्पिक सडक सञ्चालनमा ल्याइने भएको छ ।

प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सुरु गरेको ‘सुरक्षित भक्तपुर, जाममुक्त भक्तपुर’ अभियान अन्तर्गत उक्त सडक खण्डमा चाप कम गर्न लागिएको हो ।

सांसद बस्नेत, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठ, डिभिजन सडक कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारी, ट्राफिक प्रहरी प्रमुख जगत नेपाली तथा अन्य सरोकारवालाको टोलीले उक्त क्षेत्रको अवलोकनपछि सडक मर्मत तथा ग्राभेल थालिएको हो ।

ुकोटेश्वर(जडीबुटीको चाप हटाउन, अरनिको राजमार्गलाई सुरक्षित र उज्यालो पार्न, भक्तपुरका बालुवाखानीमा देखिएका अनियमितता नियन्त्रणका लागि सरोकारवाला निकायसँग समन्वय गर्न थालिएको छु, उनले भने ।

यी हुन् विकल्प

कोटेश्वरको जाम घटाउनका लागि दुई विकल्प खोजिएको छ । चाबहिल जाने र सातदोबाटो जाने सवारीलाई कोटेश्वर नआइपुग्दै अन्यत्र मोड्ने तयारी गरिएको हो ।

बस्नेतले सञ्चालनमा ल्याउन लागिएको पेप्सीकोला(जडीबुटी सडकबाट चाहबिल जाने सवारी साधन सञ्चालन गराइने जानकारी दिए । त्यसैगरी ललितपुर जाने सवारीलाई मनोहरा आँखा अस्पतालबाट टिकाथली(बालकुमारी सडक मर्मत सकिएलगत्तै दुई बेलिब्रिज राखेर यातायात सञ्चालन गराइने तयारी गरिएको हो ।

एकतर्फी सवारी केही दिनमै

४३ करोडको लगानीमा सञ्चालित मनोहरा जग्गा एकीकरण आयोजनामा रहेको नौ मिटर चौडा सडकमा केही दिनमै एकातर्फी यातायात सञ्चालनमा ल्याइने भएको छ ।

त्यस्तै मनोहरा नदीको दायाँबाँया २०(२० मिटर चौंडा रहने गरी निर्माण हुन लागेको मनोहरा करिडोर सडक तत्काल निर्माण गर्न सांसद बस्नेतले ठेकेदार भीम श्रेष्ठलाई निर्देशन दिए ।

दीगो समाधान सुरुङ मार्ग

अहिलेलाई यी दुई विकल्पको प्रयोग गरिने भए पनि दीगो समाधानका लागि सुरुङ मार्ग नै बनाउनुपर्नेमा जोड दिइएको छ ।

करिडोर निर्माण भएसँगै जडीबुटी नाकामा यातायातका साधनको चाप कम हुने उल्लेख गर्दै सांसद बस्नेतले सडक चापको दीर्घकालीन उपाय कोटेश्वर(जडीबुटी सुरुङ मार्ग नै रहेको जानकारी दिए ।

उनले कोटेश्वर सडकको दाँयाबाँया सर्भिस ट्र्याक निर्माणका लागि डिपिआर तयार भइसके पनि नागरिक उड्यान प्राधिकरणका कारण निर्माण कार्य अगाडि बढ्न नसकेको बताए ।

कोरिडोर निर्माण तीब्र

अहिले कोटेश्वरसम्मको चाप न्यूनीकरणका लागि विकल्पको रुपमा बालकुमारीदेखि जडीबुटीको पुलसम्म सडकको करिडोर निर्माण गर्न १७ करोडमा भइरहेको छ ।

त्यसैगरी भक्तपुरबाट मनोहरा पुलदेखि मनोहरा दोभान र हनुमन्ते दोभानसम्म तीन करोड विनियोजन भएर काम सम्पन्न हुने चरणमा छ । मेलम्ची खानेपानीको ढल विछ्याउने कामले योजना सम्पन्न गर्न केही ढिलाइ भएको थियो ।

सौर्य बत्ती थपिँदै

सांसद बस्नेतले भक्तपुरमा सुरक्षित राजमार्ग निर्माण गर्न विशेष अभियान चलाइएको बताउँदै उज्यालो राजमार्ग निर्माणका लागि राधेराधे चोकसम्म सडकमा सौर्य बत्ती जडान गरिएको बताए । उनले बाँकी ठाउँमा पनि तुरुन्तै जडान गरिने जानकारी दिए ।

त्यस्तै वागमती सभ्यताले हनुमन्ते करिडोर सडक निर्माणका लागि ९१ करोड विनियोजन भइ निर्माण कार्य पनि अगाडि बढिसकेको उनको भनाइ थियो ।

७० प्रतिशत जाम घट्छ

भक्तपुरका प्रमुख जिल्ला अधिकारी भट्टले अहिले वैकल्पिक रुपमा पेप्सीकोलादेखि जडीबुडीसम्मको बाटो र जडीबुटीदेखि बालकुमारीसम्मको बाटोबाट सवारी साधन सञ्चालन गर्दा ७० प्रतिशत कोटेश्वरको सडक चाप घट्ने बताए ।

केही समयदेखि सुरक्षित भक्तपुर बनाउने अभियानबमोजिम दिउँसोको समयमा टिपर सञ्चालनमा रोक लगाएपछि दुर्घटना कम भएको उनले बताए । ुहाम्रो यो निर्णयले केही व्यावसायीलाई त असर परेको होला तर सडक दुर्घटना न्यूनीकरण गर्न भने हामी सफल भएका छौुं, उनले भने ।

मनोहरा करिडोर निर्माणको जिम्मा लिएका ठेकेदार भीम श्रेष्ठले मनोहरा नदीको करिडोर निमार्ण शुरु भइसकेको बताए । तर यहाँका सुकुम्वासी बस्ती र स्थानीयबासीले निमार्ण कार्यमा अवरोध पुर्‍याएकाले समस्या आएको बताए ।

प्रतिक्रिया दिनुहोस
कक्षा १२ को नतिजा प्रकाशन

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ ।...

६३ उद्योगमा बिजुली र पानीको लाइन काटियो

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैदिन ६३ उद्योगको पानी र बिजुलीको लाइन...

८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...