६४ वर्षीय ‘झाँक्री बा’को कर्तुत : ‘बेथा ठीक पार्ने बाहानामा युवतीलाई नाङ्गेझार पार्दै बलात्कार गर्दै



हाम्रो इकोनोमि

 

 

राजधानीको प्याफलमा लामो समयदेखि झारफुक गर्दै आएका ६४ वर्षीय कृष्ण प्रसाद नेपाल अर्थात ‘झाँक्री बा’ युवती बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

 

झारफुक गर्न आएकी ३० वर्षिया युवतीलाई ‘बेथा निको पार्ने भए मसँग शारीरिक सम्पर्क गर्नुपर्छ’ भन्दै पटक–पटक बलात्कार गरेको आरेपमा उनलाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको बताइएको छ ।

 

२०४४ सालदेखि काठमाडौंको झोँछे, टौदह र पछिल्लो समय प्याफलमा बसेर झारफुक गर्दै आएका नेपालले राजधानीकै एक श्रेष्ठ थरकी युवतीलाई ‘रोग निको पार्ने’ नाममा ६ पटक सम्म बलात्कार गरेको जाहेरी परेसँगै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

 

मकवानपुरको भैँसे स्थायी घर भएका नेपाल लामो समदेखि काठमाडौंमा बसेर झारफुक गर्दै आएका थिए ।

 

‘जबर्जस्ती करणीको जाहेरी परेपछि झारफुक पेसा गर्दै आएका कृष्णप्रसाद नेपाललाई हामीले पक्राउ गरेका छौँ,’ महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता ९डिएसपी० मोहन थापाले भने, ‘उनी संलग्न घट्नबारे अनुसन्धान भइरहेको छ ।’

 

झाँक्रीको आवरणमा बलात्कर गरेको आरेपमा पक्राउ परेका नेपालले प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा आफुले सहमतीमा दुई पटक ती युवतीसँग शारिरिक सम्पर्क गरेको स्वीकार गरेका छन् ।

 

झारफुक गर्नका लागी आफ्नो आसनमा आउने महिलाहरुलाई उनले पहिले पनि यसरी नै ‘मेरो जिउमा देउता छन्, रोग निको हुन्छ’ भन्दै बलात्कार गर्ने गरेको पाइएको छ । ६४ वर्षको उमेरसम्म उनले आधा दर्जन महिलासँग विवाह समेत गरेर छाड्ने गरेको बताइएको छ । हाल उनी प्याफलमा उपचारकै क्रममा उनको सम्पर्कमा आईपुगेकी ३० बर्षिया युवतीसँग विवाह गरेर बस्दै आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...